थप समाचारबुधबार, चैत्र ४, २०७१
युवा संघकाे समानान्तर भेला राेक्न ध्यानाकर्षण
नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले जनवर्गीय संगठन युवा संघ नेपालका नाममा समानान्तर कार्यक्रम हुने वातावरण नगर्न पार्टीको नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।
संघमा नीरु पाल नयाँ अध्यक्ष भएपछि उपाध्यक्ष दिलु पन्तलगायतले अलग्गै भेला र कार्यक्रम गर्दै आएका थिए ।
आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गरी युवा संघ ‘संस्थापन’ र ‘गैरसंस्थापन’को नाममा विभाजित भएर काठमाडौँ र हेटौंडामा अलग अलग कार्यक्रम आयोजना गर्न लागिएकाले त्यसबाट पार्टीलाई आन्तरिक जीवनमा नकारात्मक असर पार्ने बताए ।
“विधान र पद्धतिको परिधिमा रहेर आन्तरिक रुपमा हल गर्नुपर्छ, आपूmभित्रको मनमुटाब, कमजोरी र शैलीगत अन्तरविरोधलाई सच्याएर युवा आन्दोलनलाई वर्तमान राजनीतिक आवश्यकता तथा जनअपेक्षाअनुसार एकताबद्ध बनाई प्रभावकारी रुपमा अघि बढाउने र विवादलाई समाधान गर्ने आन्तरिक प्रयत्न गरिनुपर्छ” विज्ञप्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
