Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वनकी राधा - Himalkhabar.com

रमझमबुधबार, चैत्र ४, २०७१

वनकी राधा

हिमालखबर

-सजना बराल

bbbनिजामती सेवामा १५ प्रतिशत महिलाको उपस्थिति भए पनि वन सेवामा जम्मा ३ प्रतिशत मात्रै महिला कर्मचारी छन्।

महिला सचिवले कतिपय मन्त्रालय चलाइसक्दा पनि वन क्षेत्रमा भने भर्खरै मात्र एउटा सम्भावना देखिएको छ। सम्भावनाको नाम हो, राधा वाग्ले। गएको महीना मात्रै बढुवा पाएकी उनी वन सेवाकी पहिलो महिला सह–सचिव हुन्।

धनकुटामा जन्मिएकी वाग्ले पोखरास्थित वनविज्ञान अध्ययन संस्थानबाट आइएस्सी उत्तीर्ण गर्नेबित्तिकै लोकसेवा भिडिन्। र, ओखलढुंगाको जिल्ला वन कार्यालयकी रेन्जर बनिन्।

महिला रेन्जर देख्दा सबै छक्क परेको स्मरण गर्दै उनी भन्छिन्, “फिल्डमा जाँदा बास बस्ने ठाउँ नपाउने, जहाँ पायो त्यहीं सुत्नुपर्ने जस्ता अनेक समस्या झोलियो।”

समस्यासँग जुध्दै उनले सामुदायिक वन उपभोक्ता समूह गठन गर्ने, समूहलाई तालीम दिने, वन संरक्षण विधान कार्ययोजना बनाउने, सामुदायिक वनमा महिला सहभागिता बढाउने जस्ता काम गरिन्।

जागिरमै रहँदा उनले पोखराबाटै स्नातक गरिन्। त्यसयताको ११ वर्ष बर्दियाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणमा बिताइन्। स्वीडेनबाट वातावरण विज्ञानमा स्नातकोत्तर सिध्याएकी उनी हाल ‘वन प्रशासनमा महिला सहभागिता’ विषयमा विद्यावारिधिको तयारी गरिरहेकी छन्।

रेञ्जरदेखि सहसचिवसम्मको यात्रा निकै संघर्षपूर्ण भएको बताउने वाग्ले नीतिनिर्माणको तहमा महिलालाई विश्वास नगरिनु अहिलेको मुख्य चुनौती ठान्छिन्।

१ फागुनपछि वन मन्त्रालयमा सरुवा पाएकी वाग्ले भन्छिन्, “एक त महिला त्यहाँ पुग्नै गाह्रो छ, पुगिहाले पनि काम देखाउन र अरूको विश्वास जित्न झनै कठिन हुन्छ।”

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>