Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिरञ्जीवि नेपाल गर्भनर नियुक्त - Himalkhabar.com

अर्थ/बजारबिहीबार, चैत्र ५, २०७१

चिरञ्जीवि नेपाल गर्भनर नियुक्त

हिमालखबर

Chiranjivi Nepalमन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका गर्भनरमा चिरञ्जीवि नेपाल नियुक्त गर्ने निर्णय गरेकाे छ ।

५ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई नयाँ गर्भनर नियुक्त गरेका हुन् । ४ चैतमा अर्थमन्त्री रामशरण महत संयोजकत्व समितिको सिफारिसमा नाम परेका नेपाल गर्भनर बनेका हुन् ।

छनाैट समितिले डेपुटी गभर्नरहरु महाप्रसाद अधिकारी र गोपाल काफ्लेसँगै नेपालकाे नाम सिफारिस गरेकाे थियाे ।

गर्भनर युवराज खतिवडा सेवाबाट अवकाश पाएपछि प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार रहेका उनी गर्भनर बनेका हुन् ।

उनले केही समय अघि सल्लाहकारबाट राजिनामा दिएका थिए । अव उनी पाँच बर्षसम्म गभर्नर रहनेछन् ।

जार अर्थतन्त्रका प्रवर्धक

बजारमुखी अर्थतन्त्रका प्रवर्धक अर्थशास्त्री डा. चिरञ्जीवी नेपाल वित्तीय क्षेत्रको सर्वोच्च निकाय नेपाल राष्ट्र बैंकको १६ औं गभर्नर भएका छन् ।

ऐतिहासिक जनआन्दोलन २०४६ पछि देशमा वहुदलीय प्रजातन्त्रको स्थापनापश्चात् गठन भएको पहिलो सरकारले बजार अर्थतन्त्रको सुरुवात गरेको थियो ।

बजार अर्थतन्त्रको सुरुवातसँगै निजी क्षेत्रले फस्टाउने र अर्थतन्त्र विस्तार हुने सुअवसर पाएको थियो । त्यसैगरी भौतिक पूर्वाधार तथा औद्योगिक क्षेत्रमा निजी क्षेत्रको आकर्षण ह्वात्तै बढी आर्थिक क्षेत्रमा नयाँ आयाम थपिएको थियो ।

श्रम र अर्थतन्त्रका सम्बन्धमा विद्यावारिधी गर्नुभएका अर्थशास्त्री नेपालले मौद्रिक क्षेत्रको सर्वोच्च पद गभर्नरमा नियुक्त भएपछि सरकारले अगाडि बढाएको दोस्रो चरणको आर्थिक सुधारमा महत्वपूर्ण योगदान पुग्ने सर्वत्र विश्वास लिइएको छ ।

त्यसैगरी, सरकारले वित्तीय क्षेत्रको सन्तुलनलाई कायम राख्दै समग्र अर्थतन्त्रलाई माथि उठाउन गरेका प्रयासलाई उनले थप उचाईमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले अगामी सन् २०२२ सम्ममा देशलाई अतिकम विकसित देशको सूचिबाट विकासोन्मुख देशमा परिणत गर्नका लागि आर्थिक आधार तयार गर्ने महत्वपूर्ण पदको भूमिकामा अर्थशास्त्री नेपाल उत्रनुपर्ने चुनौती हुनेछ ।

प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार रहेका नेपाल आगामी पाँच वर्षसम्म राष्ट्र बैंकलाई नेतृत्व दिनेछन् ।

अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा गठन भएको गभर्नर छनौट समितिले उनीसहित नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीलाई सिफारिस गरेको थियो ।

गभर्नर छनौट समितिमा प्रथम गभर्नर हिमालय शम्शेर राणा र राष्ट्र बैंकका पूर्वसञ्चालक प्रा डा पार्थिवेश्वर तिमिल्सिना थिए । मन्त्रिपरिषद्को आज बसेको बैठकले डा नेपाललाई गभर्नर नियुक्त गरेको हो ।

६ चैत २०६६ मा नियुक्त हुनुभएका निवर्तमान गभर्नर युवराज खतिवडाको पदावधि आजैबाट सकिएपछि सरकारले नेपाललाई नियुक्त गरेको हो ।

अर्थशास्त्री नेपालले यसअघि अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार, पूँजीबजार नियमक निकाय नेपाल धितोपत्र वोर्डका अध्यक्ष, नेपाल औद्योगिक व्यावसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक र सूचना प्रविधि पार्कका प्रमुखमा रहेका थिए ।

अर्थशास्त्री नेपालले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय अर्थशास्त्र विभागका प्राध्यापक, काठमाडाैं विश्वविद्यालयका भिजिटिङग प्राध्यापक, नेपाल आर्थिक सङ्घको महासचिव, नेपाल उद्योग वाणिज्य महासङ्घ र चेम्बर अफ कमर्सका सल्लाहकारका रुपमा रही नेपाली अर्थतन्त्रमा अमुल्य योगदान पुर्‍याएका थिए ।

पाल्पामा जन्मिएका नेपालले पहिलो मानवविकास प्रतिवेदन तयारीका लागि मुख्य नेतृत्व दिएका थिए भने विभिन्न समयमा एशियाली विकास बैंक, विश्व बैंक, एसएनभी, जिआइजेडको सल्लाहकारका रुपमा जिम्मेवारी लिएका थिए ।

राज्यको १४औं बरियताक्रममा रहेको गभर्नरको मौद्रिक क्षेत्रको सन्तुलनलाई कायम राख्नुपर्ने मुख्य दायित्व हुन्छ । सरकारको आर्थिक सल्लाहकारको रुपमा रही विद्यमान अवस्थामा देशको वित्तीय क्षेत्रलाई नियमन गर्न गभर्नर खरो उत्रनुपर्ने हुन्छ ।

नवनियुक्त गभर्नरको वैदेशिक लगानी आकर्षित गर्नका लागि बैंकको व्याजदरमा केही सहुलियत हुने अवस्था सिर्जना गर्नुपर्ने र मुद्रास्फितीलाई नियन्त्रणमा राख्नुपर्ने कार्य पनि चुनौतीपूर्ण छ ।

वाणिज्य बैंकको वित्तीय अवस्था सुधार, वित्त कम्पनीको जोखिम घटाउने र अनौपचारिक अर्थतन्त्रलाई कम गर्नका लागि गभर्नर नेपालले थप अभ्यास गरेर नयाँ प्रभावकारी योजना अख्तियार गर्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>