थप समाचारबिहीबार, चैत्र ५, २०७१
एमबी सिंहको जन्मस्थलबाट नेपाली विकीपिडिया निर्माण सुरु
-विजयसिंह भारती, प्यूठान
नेपाली कम्युनिष्ट आन्दोलनका अभियान्ता तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम (एमबी) सिंहको जन्मस्थल प्यूठान ओखरकोटको अध्ययन सुरु गरिएको छ ।
विश्वकोष (विकीपिडिया) निर्माण गर्न यहाँको राजनीतिक, आर्थिक, सामाजिक, इतिहास, भाषा, कला संस्कृतिलगायतको अध्ययन गरिने भएको हो ।
सिंहले चलाएको किसान आन्दोलन र उनको भूमीलाई जोडेर विषयविज्ञहरुको टोलीले अध्ययन गर्ने भएको हो । चैत महीनाभर चार विदेशीसहित २५ जना विज्ञहरुले ओखरकोटका विभिन्न पक्षको अध्ययन गर्नेछन् ।
भाषा, इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, राजनीति विश्लेषक, कला साहित्य विज्ञ, आर्थिक, कृषि, महिला उत्पीडतलगायत विषयसँग सम्वन्धीत विज्ञहरु यो अध्ययनमा सहभागी हुनेछन् ।
पहिलो चरणको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा इतिहास्विद् डा.राजाराम सुवेदी नेतृत्वको टोलीले इतिहास, मानव तथा समाजको विकास, समुदायको बनोट लगायत विषयमा अध्ययन शुरु गरेका छन् ।
उनीसँगै टोलीमा लोक साहित्यविद् मनोर लामिछाने, समाजशास्त्री मानबहादुर खत्री, अनुसन्धानकर्ता हरिकला सुवेदी, परियोजना कोर्डिनेटर चिष्मराज जोशी लगायत सहभागी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
