समाचारशुक्रबार, चैत्र ६, २०७१
‘मलाई एसीड हान्नेको छाला चिरेर नुन खोर्सानी राख्नुपर्छ’
आफुलाई एसीड प्रहार गर्ने जीवन विक पक्राउ परेको खबर सुनेपछि संगीताले अपराधीलाई फाँसी नभएपनि आजीवन कारावास दिनुपर्ने र छाला चिरेर नुन खोर्सानी राख्नु पर्ने बताइन् ।
विक पक्राउ परेकाे सुनेपछि संगीताले भनिन्, “त्यसले मेरो जीवन बर्वाद गरेको छ त्यसै छाड्न हुन्न् ।”
छोरीलाई एसीड हान्ने जीवन विक नै हो भनेर पहिले नै प्रहरीलाई बताएको पीडीत संगीता मगरकी आमा चमेली मगरले बताएकी छिन् ।
हिमालले उनलाई सम्पर्क गर्दा विक पक्राउ परेको खबर थाहै पाएकी थिईनन् । उनले हिमालखबरसँग कुरा गर्दै संगीतालाई पटक-पटक जिस्क्याउने गरेपछि उसलाई सम्झाएकाे बताईन् । यही निहूँमा घटनाको केहि अघि मात्रै संगीताको भाईसँग जीवनको झगडा परेको थियो ।
छात्रामाथि एसिड आक्रमण गर्ने जीवन बिक पक्राउ, प्रहरीले सार्वजनिक गर्दै
दुई छात्रामाथि एसिड आक्रमण गर्ने जीवन बिकलाई प्रहरीले अहिले सार्वजनिक गर्ने भएको छ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका एसएसपी पुस्कर कार्कीले हिमालखबरलाई दिएको जानकारी अनुसार महानगरीय आयुक्तको कार्यालयबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरिदैछ ।
प्रहरीले विकलाई २ दिन अघि भारतबाट पक्राउ गरी ल्याएको जनाएको छ । एसएसपी कार्कीका अनुसार बिक संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने युवक हुन् । उनले बसन्तपुरमा संगीता र उनकी साथी सिमा माथी एसीड प्रहार गर्का थिए ।
हाल अस्पतालबाटै एसएलसी दिइरहेकी रामेछाप घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङगीता मगर एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । एसीडले सङ्गिताको छाती, पेट र खुट्टा पोलेको छ भने सीमाको अनुहारमा एसिड प्रहार गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
