थप समाचारशुक्रबार, चैत्र ६, २०७१

यी हुन् एसिड आक्रमण गर्ने जीवन विक

हिमालखबर

-डम्बरकृष्ण श्रेष्ठ

11076086_10153230586909048_1315176511_n

पत्रकार सम्मेलनमा अाउँदै गरेका विक । तस्वीरहरु अनुशील

एसएलसी परीक्षाको तयारीमा रहेका  दुई छात्रामाथि एसिड आक्रमण गर्ने जीवन विकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

एसिड आक्रमणबाट घाइते छात्रा संगीता मगर बसेकै घरमा कोठा लिएर बसेका काभ्रेका विक पहिले संगीता र उनका भाईलाई ट्यूसन पढाउँथे । बीबीएससम्म पढेका जीवनले  ट्यूसन पढाउने क्रममा संगीतालाई प्रेम गर्न थालेका थिए ।

त्यहि निहुँमा पटक पटक संगीताको परिवारसँग झगडा भइरहँदा आफू हेपिएको अनुभूति गरेपछि आक्रमण गर्ने योजना बनाएको विकले प्रहरीसँगको बयानमा बताएका छन् ।  संगीतालाई कुरुप बनाउन एसीड प्रहार गरेको उनले बताएका छन् । संगीतालाई प्रेम गरेकै निहुँमा उनका भाई सन्तोषसँग जीवनको पटक पटक झगडा परेको थियो ।

भारतीय आर्मी बन्न भर्ना हुन भनेर घरबाट हिडेका विक काठमाडौंकै टोखामा डेरा भाडामा लिएर बस्दै आएका थिए । बीबीएस पढेका उनी २०६९ देखि उक्त घरमा कोठा लिएर बसिरहेका थिए ।

संगीतालाई पहिलो रड र लाठीले हान्ने योजना बनाएकोमा पछि  भारतीय टीभीमा एसिडले आक्रमणका घटना देखेर त्यसैबाट प्रभावित भई एसिड छ्यापेको उनले प्रहरीलाई बयान दिएका छन् ।

विकले २०७१ असोजमा रु.१२५ मा न्यूरोडको भित्रि पसलबाट एसिड किनेका थिए । भारतमा बस्छु भनेर घरमा ढाँटिरहेका उनले  केही समय संगीतालाई पीछा गरेर ट्यूसन पढ्ने ठाउँ पत्ता लगाएपछि ५०० मिलिलिटर एसिडले आक्रमण गरेर सिक्किम पुगेका थिए । भारतीय सेनामा भर्ती नभएपछि सिक्कमबाट  विक २८ फागुनसम्म बसेर नेपाल फर्किएको प्रहरीले जनाएको छ  ।

नेपाल फर्किएको थाहा भएपछि विकलाई ५ चैत दिउँसो १ बजे उनकै कोठाबाट पक्राउ गरिएको  एआइजी विज्ञानराज शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा हाँस्दै अाएका विक केही क्षणपछि बेहाेस भएर ढलेका थिए ।

11072460_10153230587694048_1294898606_n

आफुलाई एसीड प्रहार गर्ने जीवन विक पक्राउ परेको खबर सुनेपछि संगीताले अपराधीलाई फाँसी नभएपनि आजीवन कारावास दिनुपर्ने र छाला चिरेर नुन खोर्सानी राख्नु पर्ने बताइन् ।

एसिड अाक्रमणमा परेकी संगीता अस्पतालबाटै परीक्षा दिदै । तस्वीरः देवकी बिष्ट

एसिड अाक्रमणमा परेकी संगीता अस्पतालबाटै परीक्षा दिदै । तस्वीरः देवकी बिष्ट

प्रहरी अनुसन्धान अनुसार जीवनले २०६९ देखि नै संगीतालाई एकाेहाेराे प्रेम गर्ने गरेका थिए । अाफ्नाे प्रेम असफल भएपछि जीवन एसिड अाक्रमण गरेका थिए ।

उनलाई ज्यान मार्ने उद्याेगमा मुद्दा चलाउने प्रहरीकाे तयारी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>