थप समाचारशुक्रबार, चैत्र ६, २०७१

ट्रक र बस ठोक्किंदा एकको मृत्यु, १५ घाइते

हिमालखबर

nawalparasiपूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको तिलकपुर ७ बासामा ट्रक र बस एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

६ चैत बिहान ना १ ख ९१३६ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ४ ख ३४८ नम्बरको बस एक आपसमा ठोक्किंदा चितवन कुमरोज १ का ट्रकका चालक सूर्य राउतको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी बसमा सवार १५ जना यात्रु घाईते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>