थप समाचारशुक्रबार, चैत्र ६, २०७१
चौवन्न बर्षीयको एसएलसी मोह
यस वर्षको प्रवेशिका परीक्षामा पनि सेसेलुङ प्रावि सुभाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ५४ वर्षीय सुनमान तामाङ सामेल भएका हुन् ।
विसं २०१७ साउन १७ गते जन्मिएका तामाङ अमरपुर उच्च मावि केन्द्रबाट परीक्षामा सहभागी भएका हुन् ।
उनले भने, “मैले जिल्ला वन कार्यालय पाँचथर, ताप्लेजुङ तथा सिरहा, सप्तरीमा पनि वनपालेको स्थायी जागिर खाएँ तर पछि एसएलसी परीक्षाको प्रमाणपत्र कार्यालयले मागेपछि उपदान लिएर अवकाश लिएँ, पछि एसएलसीको महत्व बुझेपछि अहिले परीक्षा दिन लागेको हुँ ।”
“परीक्षा उत्तीर्ण भएपछि धेरै ठाउँमा अवसर पाइने भएकाले पनि जसरी यस पालि एसएलसी उत्तीर्ण हुन्छ” उनले भने, “गत वर्ष राम्रो तयारी गर्न नगरी परीक्षा दिँदा अनुत्तीर्ण भइयो, यसपालि राम्रो तयारी गरेको छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
