Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको जन–धन विदेशमा - Himalkhabar.com

टिप्पणीशनिबार, चैत्र ७, २०७१

नेपालको जन–धन विदेशमा

ज्ञानमणि नेपाल

 

बीरशमशेर

बीरशमशेर

३८ र ४२ साल पर्वबाट धीरपुत्रहरूको उदय भएपछि नेपालको जनबल र धनबल विदेश जान थाल्यो, जुन अझै गएको गयै छ।

जब भाइ–भाइको कल–झगडा चल्छ, त्यसवेला पराइको सर पर्छ। ‘भाइफुटे गवार लुटे’ भन्ने उखानै छ। यो उखान जहींतहीं लागू हुन्छ। कुनै राज्यभित्र मेलमिलाप नभई वैमनस्य भयो भने अर्को राज्यले वा छिमेकीले हस्तक्षेप गर्ने औसर पाउँछ। कमजोरलाई बलियाले आफ्नो अधीन पार्छ, आफू अनुकूल त अवश्यै बनाउँछ।

ऐतिहासिककालदेखि अहिलेसम्म यस्तै देखिएको छ। श्री ३ जङ्गबहादुरले बाँधेको उत्तराधिकारीको रोलक्रमले जेठा जङ्ग र कान्छा धीरका पुत्रहरू बीचमा मनोमालिन्य बढ्दै आएर ठूल्ठूला हत्याकाण्ड भए। ३८ साल पर्व र ४२ साल पर्वबाट धीरपुत्रहरूको उदय र जङ्गपुत्रको विनाश भयो। यी पर्व–घटनाहरूमा घरायसी वैमनस्यसँगै छिमेकी ब्रिटिश–भारतीय अधिकारीहरूको पनि हस्तक्षेपकारी भूमिका रह्यो।

जंगबहादुर सर्वात्मना ब्रिटिश–भारतको प्रभावमा पर्न चाहँदैनथे। उनको आत्मामा राष्ट्रियताको चुरो मरेको थिएन। उनी जनबल–धनबल बढाउँदै देशलाई समृद्ध, समुन्नत र विस्तृत पार्न चाहन्थे। ब्रिटिशहरू आधी संसारमा फैलिएको आफ्नो साम्राज्यलाई थामिराख्न र यदाकदा आइपर्ने शक्तिहरूसँग लड्न सैन्यबललाई मजबूत पारिराख्न चाहन्थे। त्यसका लागि उनीहरूलाई गोरखा रेजिमेन्ट अझ् ठूलो बनाउन थप रिक्रुट भर्ना चाहिएको थियो।

जंगबहादुरले भने देशको जनशक्ति र द्रव्यशक्तिलाई फिटिक्क बाहिर जान–लान नदिने कानूनै बनाएर रोकिराखेका थिए। कलकत्ता बसेर पढेका धीरका जेठा छोरा वीरशमशेरले ब्रिटिशहरूको ताक–बात बुझेका थिए, अंग्रेजले नेपालबाट लिन चाहेको कुरा हृदयङ्गम गरेका थिए।

बडाबा जङ्गले भनेको कुरा पनि मनन् गरेका उनमा ‘दरबार त रिझाएँ, ब्रिटिश अधिकारीहरूलाई पनि अनुकूल बनाएँ भने नेपालको राजसत्ता चलाउन सक्छु’ भन्ने पर्‍यो। र नै उनले आफूप्रति हितप्रेम गर्ने बडाबाबु रणोद्दीपलाई भनेर गोर्खालीलाई ब्रिटिश फौजमा भर्ना हुन जाने बाटो खुलाइदिए।

दरबारमा लालमोहर लाउने अधिकार लिएर बसेकी राजमाता पनि वीरकै पक्षपाती भएबाट ४२ साल पर्व गराएर सत्तामा पुगेपछि अंग्रेज अधिकारीले चाहेका कुरा निष्फिक्रीसँग गर्न सक्ने भए, वीरशमशेर। अब अंग्रेजले सम्झौतै गरेर खस क्षेत्र, मगर, गुरुङ, राई, लिम्बू जातिका लडाका छानीछानी रिक्रुट भर्ना गर्न पाउने भए। यसरी नेपालको जनशक्ति विदेशीले लग्ने क्रम चलेको चल्यै छ। अहिले नेपालका ३० लाख युवा जनशक्ति विदेशमा छ भनिन्छ।

जंगबहादुरले देशको जनशक्ति जस्तै द्रव्यशक्ति अर्थात् धनबल पनि बाहिर लान मनाही गरेका थिए। आफूले पनि हात पारेको धन फिटिक्कै बाहिर लगेनन्। भारदार र दुनियाँदारलाई पनि ‘बाहिर लगेको धन विदेशीले जफत गरिदेला, अनि मान्छेका मुखमा न बाघका मुखमा’ होला भन्थे उनी।

पृथ्वीनारायण शाहको आर्थिक नीति अनुसरण गरेका जंगले अनेक उपायले देशभित्रै नगद सञ्चय गरेर देशवासीलाई समृद्ध बनाउने अनवरत प्रयत्न गरे।

त्यसवेलाको धन भनेको नगद बाहेक सुनचाँदी, हीरामोती आदि रत्न नै हो। नोट थिएन, इनार जस्तो भण्डारमा नगद र सुनचाँदी राखिन्थ्यो। आपत्विपत् वा युद्धको बेला मात्र कोदालीले खनेर त्यो धन झिकिन्थ्यो। एकपटक राजा राजेन्द्रले खर्च माग्दै जंगबहादुरलाई चिठी लेखे।

जंगले ‘बाहिरको खर्च गर्ने धन सकियो, ढिकुटीको धन चलाउन भएन’ भनेर दिएनन्। त्यसबखत राजाले ढिकुटी मासेर खानुहुन्न भन्ने भावना थियो। वीरशमशेरको पाला अर्थात् बीसौं शताब्दीको चौथो दशकदेखि भने यस भावनाले काम गरेन, नेपालबाट नगद–जिन्सी धनको खोलो विदेशतिर बग्न लाग्यो।

अहिलेसम्म बगेको बग्यै छ। कमिसनखोर माफियाका नाइकेहरूले यूरोपका ब्यांकका गुप्ती खातामा राखेको अर्बौं अर्ब कालोधन सेतो पार्न अहिले नेपाल ल्याइँदैछ।

उस वेलाको आर्थिक–सैनिक संगठनमा वीरशमशेरले जंगनीति लिन सक्ने अवस्था पनि थिएन। जंगले ब्रिटिश सरकारबाट धेरै मानसम्मान र राजप्रतिनिधिको मर्यादा पाए पनि उनको राष्ट्रिय भावनाले गर्दा जनशक्ति नपाएर अंग्रेजहरूको अन्तर्मनमा तुस परेकै थियो। वीरशमशेरले त्यो तुस मेटाउनु आवश्यक थियो।

अर्को बाहिरी पाटो, जङ्गका सन्तति मुग्लानमा भौंतारिएर मागिखाने स्थितिमा पुगेका थिए। कथंकदाचित मेरा पनि भाइभतिजाले मैले गरे जस्तै गरेर सत्ता हत्याए भने मेरा सन्तानको पनि यही हविगत होला भन्ने अन्तर्मनको औडाहाले छटपटिएका वीरशमशेरले भएभरको धनसम्पत्ति विदेश लगेर थन्क्याउनु आवश्यक ठान्न थाले।

त्यसरी यहाँबाट थैलाका थैला नगद बोकाएर तराईका मालअड्डाहरूमा झार्न थालियो। त्यहाँबाट बोराका बोरा गाडीमा लादेर पटना, कलकत्ता पुर्‍याई ब्यांकमा थन्क्याउन थालियो। (सीसार ३ अंक)

आफ्नो जनबल–धनबल विदेश लगेर वीरशमशेर आफ्नो र आफ्ना सन्ततिको भविष्य सुरक्षित पारें भनी ढुक्कसँग सुखनिद्रामा त सुते हुन्, तर अंग्रेज अधिकारीबाट भने यति अपहेलित बने कि न जङ्गको जस्तो मानसम्मान पाए न सलामी नै।

उनका उपर भारतका रजबाडालाई जस्तो व्यवहार हुन लाग्यो। पछि उनका भाइ चन्द्रशमशेरलाई पनि त्यस्तै व्यवहार गर्न खोजियो। त्यसबाट रुष्ट बनेका चन्द्रले अंग्रेज अधिकारीहरूसँग ‘तिमीहरूको यस्तै अपमान सहन नसकेर मेरा दाजु अकालमै परलोक भए’ भन्दै तीतो पोखेका थिए।

सुनको सुक्रीबिक्री

भाउ बढेका कारण आफूसँग भएको सुन बिक्री गर्न हतियार सहितको मान्छे कलकत्ता पठाउन आवश्यक बन्दोवस्तीका लागि तत्कालीन श्री ३ वीरशमशेरले वि.सं. १९५० मा रेजिडेन्टसँग गरेको संवाद–

सम्बत् १९५० साल मिति ज्येष्ठवदि ६ रोज ४ का वेलुका ७ बजे श्री ३ महाराज वीरशमशेर जंगबहादुरबाट सर्दार बलवानसिंलाई साथमा ली सवारी हुँदा बाहीर बगीसम्म रजिडेंट कर्णेल वाईलीसाहेव र डाक्टर आरम्स्ट्राङ साहेब आई नीज डाक्टरलाई इन्ट्रोड्युस गरी रेजिडेन्टले इस्टक्वाल गरी भित्र बैठकमा लगी राज गराया पछि कुराकहानी भयाको

श्री ३ महाराजबाट हुकुम भयाको

हाल सुनको भाउ साह्रै तेज भयाको छ मैले मेरा जो भयाको सुन भाँडाहरू समेत करीब ७ लाख जतिको अघि मैले २१।२२ का दरले किनी राख्याको बिक्री गर्नालाई कर्णेल महावीरलाई कलकत्ता पठाउन लागें. उनलाई लाईसेन्स १ बन्दूक १ पेस्तौल १ साथमा जान्या मानिसहरूसँग खुकुरी १६ को पास गरी दिनुहोला

रेजिडेन्ट
साहेबले भनेको

महाराजाबाट पनि वेपार गर्न आँट्नुभयो. यस बखत मसंग पनि ७। ८ लाखको सुन भयाको भया धेरै नाफा मिल्न्या थियो। हुन्छ. औले लाइसेन्स लेखाई भैरवबहादुरका हात पठाइदिन्छु.

महाराज– यसै पडिरह्याको सुन ऐले बिक्री गरी पछि सस्तो भयापछि सो रुपैयाको फेरी सुन् खरिद गर्नाको ईरादा छ

रेजिडेन्ट– बढिया हो. महाराजको अरु केही कुरा गर्नु छ कि.

महाराज
– छैन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>