Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फेसबुकबाटै पैसा पठाउन र प्राप्त गर्न सकिने - Himalkhabar.com

थप समाचारशनिबार, चैत्र ७, २०७१

फेसबुकबाटै पैसा पठाउन र प्राप्त गर्न सकिने

हिमालखबर

fbफ़ेसबुकले म्यासेन्जर ऐपमा आफ्ना साथीहरुलाई पैसा पठाउने र प्राप्त गर्ने सुविधासहितको नयाँ फिचर शुरु गर्ने जनाएको छ ।

पैसा पठाउनका लागि प्रयोगकर्ताले च्याट विन्डोमा देखिने डलर आइकनमा क्लिक गर्न सक्नेछन् । शुरुमा यो सुविधा अमेरिकामा मात्रै लागू गरिने फेसबुकले जनाएको छ ।

सुविधा उपयोग गर्नुअघि प्रयोगकर्ताले ब्याङ्कद्वारा जारी आफ्नो भिसा या मास्टरकार्ड जस्ता डेबिटकार्डलाई आफ्नो अकाउन्टमा जोड्नु पर्नेछ ।

यो सुविधा निशुल्क हुने र डेस्कटप कम्प्यूटर वा मोबाइलमा पनि उपलब्ध हुने जनाइएको छ ।

गुगलका एन्ड्रोइड अपरेटिङ सिस्टम र एप्पलको आईओएस अपरेटिङ सिस्टममा फेसबुक म्यासेन्जरको प्रयोग गर्ने अमेरिकाबासीहरुलाई यो सुविधा आगामी केही महिनामै उपलब्ध हुनेछ ।

गत वर्ष नोभेम्बरमा स्न्यापच्याटले यस्तै सेवा शुरु गरेको थियो भने पछिल्लो वर्ष एप्पलले आइफोन मार्फत पसलहरुमा भुक्तानी गर्न सकिने सुविधा लन्च गरेको थियो ।

बीबीसीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>