Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गोल्डमेडलिस्ट एमएलएका छोरा ‘चपरासी’ ! - Himalkhabar.com

थप समाचारशनिबार, चैत्र ७, २०७१

गोल्डमेडलिस्ट एमएलएका छोरा ‘चपरासी’ !

हिमालखबर

hiralधेरै जसो राजनीतिज्ञले आफ्ना सन्तानलाई आफूजस्तै बनाउन खोज्छन् । तर भारतको राजस्थानका भाजपा विधायक हीरालाल रैगर भने आफ्नो छोराले चपरासी (कार्यालय सहायक) पदका लागि अन्तर्वार्ता दिएकोमा खुशी छन् ।

तीन विषयमा पोष्ट ग्राजुएट र गोल्डमेडलिस्ट विधायक हीरालाल रैगरका छोराले राजस्थानको अजमेरमा कृषि उपज बजारमा चतुर्थ श्रेणीको कर्मचारी पदका लागि अन्तर्वार्ता दिएका हुन् ।

विधायक रैगरले भने, “मैले पढाईमा स्वर्णपदक समेत पाएको हुँ, तर छोरो हंसराजले पढ्न सकेन । उसले ८ कक्षासम्म मात्रै पढ्यो । म समाज कल्याण विभागमा उपनिर्देशक पनि थिएँ । थाहा छ, सरकारी जागिर पायो भने उसको भविष्य सुरक्षित हुनेछ । पढ्न नसक्नेले यही काम भए पनि गर्नै पर्छ ।”

रैगरले आफ्नो छोराले अन्तर्वार्ता राम्रो भएको बताएको र सफल हुने आशा राखेको पनि बताए ।

दुई पटक विधायक भैसकेका रैगर मानिसले आफ्नो क्षमता अनुसारको काम गर्नु पर्ने मान्छन् । उनका अनुसार छोरो कम पढेलेखेको छ त्यसैले उसले आफ्नो हैसियत अनुसारको काम खोज्नु पर्छ । “पढ्न नसकेको हंसराज चपरासीकै लायक छ,” रैगरले भने ।
सञ्चारमाध्यमहरुबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>