Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बलात्कारका अभियुक्त पक्राउ - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र ८, २०७१

बलात्कारका अभियुक्त पक्राउ

हिमालखबर

handcuffदक्षिणी धादिङको महादेवस्थान गाविस वडा नं ८ जरुङका एक युवक बालिका बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका छन् ।

बाख्रा चराउन गएकी बालिकालाई ललाइफकाई बलात्कार गरी फरार भएका २४ वर्षीय बलबहादुर तामाङलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

पीडित बालिकाले घटना भएपछि आमालाई खबर गरेकी थिइन् । घाइते बालिकाको प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

अभियुक्तलाई प्रारम्भिक अनुसन्धानपछि जबर्जस्ती करणी मुद्दा चलाइने बताइएको छ ।

पौडी खेल्ने क्रममा मृत्यु
साथीसँग पौडी खेल्न थोपल खोलामा गएका १५ वर्षीय पवन अधिकारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनी डुबेपछि पौडी खेल्न गएका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । धादिङ बोर्डिङमा कक्षा ९ मा अध्ययनत अधिकारी बिदाको दिन साथीसँग पौडी खेल्न गएका थिए । सोही क्षेत्रमा गत वर्ष पनि पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।

यसैक्रममा जिल्ला प्रशासन कार्यलयले आफ्ना छोराछोरीलाई खोलामा पौडी खेल्न जान नदिनका लागि अभिभावकलाई अनुरोध गरेको छ । गर्मी बढेसँगै बालबालिका खोलामा पौडी खेल्न जाँदा दुःखद घटना हुने भएकाले सजग रहन आग्रह गरिएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>