Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चैत १५ बाट प्रक्रिया शुरु हुन्छ: ज्ञवाली - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र ८, २०७१

चैत १५ बाट प्रक्रिया शुरु हुन्छ: ज्ञवाली

हिमालखबर

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संबिधान निर्माणको  प्रक्रिया १५ चैतबाट शुरु हुने बताएका छन् ।
gyawali१५ जेठमा संविधान जारी गर्ने गरी प्रक्रिया शुरु हुने ज्ञवालीले बताए । ३० दलीय मोर्चाको आन्दोलन संविधान निर्माणका  लागि नभएको भन्दै उनले प्रक्रिया नरोकिने बताए । भने, “अव स्टेशनबाट छुटेको गाडी रोकिंदैन, मोर्चालाई गन्तब्यमा पुग्ने मन भए प्रतिक्षालयबाट गाडी चढे हुन्छ ।”
लोकतन्त्रमा अल्पमतले बुहमतलाई ‘डिक्टेट’ गर्न नपाइने उनको भनाई थियो ।
प्रेस चौतारी नेपाल नवलपरासीले ८ चैतमा आयोजना गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले भने, “चैत १५ वाट नयाँ कार्य तालिका आउँछ  त्यसपछिको नवौं चरण पुरा गरेपछि संबिधान बन्छ ।”
अहिले संविधान निर्माणमा विवादको विषय तराईका पाँच जिल्ला नभई जातीय  पहिचान सहितको प्रदेश निर्माण भएको उनले बताए ।

“पाँच जिल्लाको बिवाद केही होइन, जातीय र भाषिक उत्पिडनको कुरा समेट्नु पर्छ त्यसको समाधान जातीय राज्य होइन ।” सचिव ज्ञवालीले भने, “अनुचित मागबाट एमाओवादी मोर्चा ब्याक भए सहमित हुन्छ ।”
उनले संविधान निर्माणमा मोर्चा जिम्मेवार भएर प्रस्तुत हुने हो भने संघीयताको बिषयलाई  आयोग बनाए पनि हल गर्न सकिने धारणा व्यक्त गरे ।
हिमाल, पहाड र तराईलाई समेटेर प्रत्येक प्रदेशमा ‘मिनी’ नेपाल झल्कने संघीय राज्य निर्माण गरिने भन्दै ज्ञवालीले उग्रबामपन्थी  र उग्रदक्षिणपन्थी विचार राख्नेहरु देशमा अस्थिरता बनाएर आफ्नो कुत्सित मनसाय पूरा गर्न चाहेको आरोप लगाएका थिए ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>