Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुजाताले भनिन, 'पार्टी सभापतिमा उम्मेदवारी दिन्छु' - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र ८, २०७१

सुजाताले भनिन, ‘पार्टी सभापतिमा उम्मेदवारी दिन्छु’

हिमालखबर

sujata_koiralaनेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफूले सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सिरहाको लहानमा नेपाल प्रेस युनियनद्वारा ८ चैतमा आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरे पनि सुशील कोइरालाले सभापति पदका लागि उम्मेदवारी नदिएमात्र आफूले दिने बताइन् । भनिन्, “सुशील कोइरालाले सभापतिमा फेरि उम्मेदवारी दिए समर्थन जनाउँदै पदाधिकारीमा उम्मेदवारी दिन्छु । उहाँले उम्मेदवारी नदिए भगवान् आएर भने पनि आफू सभापतिमा उम्मेदवारी दिनबाट पछि हट्दिन ।”

अर्को सन्दर्भमा कोइरालाले एमाओवादी र मधेशवादी दलले संविधान जारी गर्न नदिएको आरोप लगाइन् ।

एमाओवादी र मधेशवादी दलले सहमति पनि गर्न नचाहेको र प्रक्रियामा जान पनि डराएकाले संविधान निर्माण कार्य ठप्प भएको उनले बताइन् ।

“सहमतिका लागि हामी लचिलो भएकै छौँ । एमाओवादी र मधेशवादी दलहरु लचिलो भएका छैनन् । अब पनि लचिलो नभए प्रक्रियामा गएर भए पनि संविधान निर्माण कार्य अघि बढ्छ । यो प्रजातान्त्रिक विधिलाई कसैले गलत भन्न सक्दैन,” कोइरालाले भनिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>