समाचारमंगलबार, कार्तिक १४, २०६९

चार दलको बैठक निष्कर्षविहीन

हिमालखबर

राजधानीमा १४ कार्तिकमा बसेको चार दलको बैठकमा सबै दलका नेताहरूले आ–आफ्ना अडान नछाडेपछि सहमति बन्न नसकेको एओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । एमाओवादी संविधानसभा पुनर्स्थापना तथा कांग्रेस र एमाले नयाँ निर्वाचन हुनुपर्ने अडान राखेका थिए ।

अध्यादेशबाट पूर्ण बजेट ल्याउने सरकारी तयारीको प्रतिपक्षी दलहरूले विरोध गर्दै आएका छन् ।  कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सत्तापक्षले बजेटको विषय उठाएपछि बैठक निष्कर्षहीन भएको बताए ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ निर्वाचन नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको धारणा राखे । उनले बाबुराम भट्टराई नेतृत्वको सरकारले गर्ने चुनाव र बजेट दुवै आफूहरूलाई अस्वीकार्य हुने बताए ।  राजनीतिक सङ्कटको निकासका लागि आफूले सातबुँदे प्रस्ताव प्रस्तुत गरेको नेता नेपालले जानकारी दिए ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदार, राजेन्द्र महतोलगायतका नेताहरू सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>