Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सामुदायिक अस्पतालमा अर्थमन्त्री - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र ८, २०७१

सामुदायिक अस्पतालमा अर्थमन्त्री

हिमालखबर

ramsaran mahatअर्थमन्त्री डा. रामशरण महतले निजी खर्चमा धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराएर राम्रो सन्देश दिएका छन् ।

सबैको उत्सुकता नेपाल राष्ट्र ब्यांकको गभर्नर छनोट प्रक्रियामा केन्द्रित रहेको बेला अर्थमन्त्री डा. महत २४ फागुनमा धुलिखेल अस्पताल पुुुुगेर भर्ना भए । भोलिपल्ट पित्तथैलीको अप्रेसन गरेर पर्सिपल्ट डिस्चार्ज भए ।

मुलुकको ढुकुटीको चावी हातमा लिएर बसेका अर्थमन्त्रीको यो उपचार प्रक्रिया विना होहल्ला, चूपचाप सकियो । पहुँचवालाहरूले विदेशका महँगा अस्पतालमा उपचार गराउने चलन बढाइरहेको बेला अर्थमन्त्री डा. महतले भने अप्रेसनका लागि देशभित्रकै एउटा सामुदायिक अस्पताल रोजे, त्यो पनि आफ्नै खर्चमा ।

डा. रामकण्ठ माकाजुको नेतृत्वमा डा. बलराम मल्ल, डा. नृपेशराज भण्डारी र डा. संगीना रञ्जित मल्लको टीमले अप्रेसन सफल पारेपछि धुलिखेल अस्पतालले पनि विज्ञप्ति निकालेर ‘अर्थमन्त्रीको उपचार गर्न पाउँदा खुशी लागेको’ जनायो । अप्रेसनपछिको एक साता आराम गर्न डाक्टरहरूले दिएको सुझव अनुसार मन्त्री महत केही दिन धुलिखेलकै होटलमा बसेर काममा फर्किए ।

पित्तथैलीमा समस्या आएर पेट दुखेपछि अर्थमन्त्री महत २१ पुसमा नर्भिक अस्पताल भर्ना भएका थिए । नर्भिकका फिजिसियन मधु घिमिरेले अप्रेसन गर्न सुझव दिएपछि उनी धुलिखेल गएका थिए । महतले उच्चस्तरको सेवा उपलब्ध भएकाले धुलिखेल अस्पतालमा उपचार गरेको हिमाल लाई बताए । उनले राज्यकोषमा पहुँच छ भन्दैमा देशभित्रै सम्भव हुने उपचारका लागि पनि विदेश दौड्नुलाई ‘घातक प्रवृत्ति’ भने ।

वीरसहितका सरकारी अस्पतालमा रकमको समस्या नभए पनि व्यवस्थापकीय लापरबाहीका कारण अपेक्षित सुधार आउन नसकेको डा. महतको बुझइ छ । धुलिखेल अस्पतालमा भने व्यवस्थापन राम्रो हुनुको साथै अस्पतालप्रति समर्पित चिकित्सक र कर्मचारी रहेकाले गुणस्तरीय उपचार सम्भव रहेको उनले बताए ।

अष्ट्रियामा डाक्टरी पढेर अनि युरोपको ‘करिअर’ छाडेर फर्किएका डा. रामकण्ठ माकाजु सहितको पहलमा दुई दशकअघि दुई कोठाबाट शुरू भएको धुलिखेल अस्पताल अहिले न्यून शुल्कमा गुणस्तरीय सेवाका लागि नामी बनेको छ । धुलिखेल अस्पतालको विशेषता बुझेका महतले तीन वर्षअघि आफ्नी श्रीमतीको उपचार पनि यहीं गराएका थिए ।

अर्थमन्त्री महत गत पुसमा न्युयोर्क जाँदा अकस्मात् बिरामी परेपछि गरेको उपचार खर्च राज्यकोषबाट लिंदा भने आलोचित भएका थिए । “सरकारी भ्रमणको नेतृत्व गरेर गएको बेला उपचार गर्नुपरेकोले राज्यकोषबाट खर्च लिएको हुँ”, अर्थमन्त्री महतले भने, “तर, त्यसमध्येको अधिकांश रकम बीमा मार्फत भुक्तानी गरें ।”

राज्यकोषबाट विदेशमा उपचार गराउने पहुँचवालाहरूको सार्वजनिक आलोचना हुँदै आएको छ । यसअघि, प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकामा उपचार गराएको रु.१ करोड ४३ लाख, पूर्व प्रधानमन्त्री झ्लनाथ खनालले अमेरिकामा उपचार गरेको रु.७७ लाख, एमाले अध्यक्ष केपी ओलीका लागि रु.१ करोड २६ लाख र एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका लागि रु.२५ लाख उपचार खर्च राज्यकोषबाट बेहोरिएको छ ।

सरकारमा पहुँच भएका अन्य दर्जनौं नेता–कार्यकर्ताले स्वदेश र विदेशमा गरेको उपचार खर्च राज्यकोषबाट लिइरहेका छन् । चालु आर्थिक वर्षमा उपचारमा खर्च हुने आर्थिक सहायताका लागि रु.२० करोड विनियोजन गरिएको छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>