थप समाचारसोमबार, चैत्र ९, २०७१

मलाई बचाइदिनुस्: ट्युमर पीडित युवती

हिमालखबर

गालामा आएको सानो ट्युमर बेलैमा उपचार गर्न नसक्दा बढेर पूरै शरीरभरि फैलिएपछि २७ वर्षीया युवतीले उपचारमा सहयोग गर्न आग्रह गरेकी छन् ।

उपचारका लागि भक्तपुरमा आफन्तकहाँ आइपुगेकी मौवा—५, पाँचथरकी कुमारी निरौलाले उपचारमा सहयोग गरेर आफ्नो ज्यान बचाइदिन आग्रह गरेकी हुन् ।

डाक्टरले ट्युमरलाई पूरै निको पार्न तीनपटकसम्म शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि करिब नौ लाख रुपैयाँ लाग्ने बताएपछि विपन्न आर्थिक अवस्थाकी उनले उपचारमा सहयोग गर्न सार्वजनिक आग्रह गरिन् ।

गालामा आएको सानो ट्युमर बढ्दै गएर टाउको, घाँटी, हातको पाता हुँदै फैलिएको छ । उनले भनिन्, “मेरो अवस्था नाजुक बन्दै गएको छ, घरको आर्थिक अवस्था ज्यादै नै कमजोर छ, घरमा एकपछि अर्को समस्या आएपछि बुबाले आत्महत्या गर्नुभयो, भएको एउटा भाइको पनि मानसिक सन्तुलन ठीक छैन, मलाई बचाउनुहोस् ।”

ट्युमर बढ्दै गएपछि हातसमेत चलाउन गाह्रो भएपछि उनले गर्दै आएको मुढा बनाउने कामसमेत छोड्नु परेको छ ।

कुमारीले भनिन्, “म बाँच्न चाहन्छु, मेरो अवस्था बुझेर मलाई बचाइदिनुहोस्, म बाँचे मात्र मेरो परिवार बाँच्छ ।”

उनले सहयोगका लागि ग्लोबल आइएमई बैंक, इन्द्रचोक शाखाको खाता नम्बर ५९०७०१०००५४९१ मा सहयोग गरिदिन अनुरोधसमेत गरेकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>