थप समाचारसोमबार, चैत्र ९, २०७१

रक्त क्यान्सरका कारण साहित्यकार लामिछानेको निधन

हिमालखबर

kaushiaरक्त क्यान्सर भई उपचारार्थ अस्पताल भर्ना भएकी २८ वर्षीय साहित्यकार कौशला लामिछानेको ९ चैत बिहान निधन भएको छ ।

गत शनिबार अल्का अस्पतालमा भर्ना भएकी लामिछानेलाई भेन्टिलेटरमा राखी उपचार गराइएको थियो । आज बिहान लामिछानेको निधन भएको चिकित्सकले घोषणा गरेका थिए ।

लामिछानेको उपचार खर्च जुटाउन गठित सहयोग समितिका सचिव भैरवी ढुङ्गानाका अनुसार लामिछानेको शवको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

नुवाकोटको खानीगाउँमा जन्मेकी कौशला लामिछाने कविता र गजल विधामा सक्रिय थिइन् ।

त्रिशूली वाङ्यमय प्रतिष्ठानका कार्यसमिति सदस्य उनी ज्योति साहित्य प्रतिष्ठानका आजीवन सदस्य पनि थिइन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>