रमझमसोमबार, चैत्र ९, २०७१
बैंगलोरमा नेपथ्य
भारतको बैंगलोरस्ति आरआर इन्स्टिच्यूटको मैदानमा नेपाली ब्याण्ड नेपथ्यले ८ चैतमा साँगीतिक प्रस्तुत दिएको छ ।
बैंगलोरमा अध्ययनरत् नेपाली विद्यार्थीहरु र विभिन्न कामले त्यहाँ पुगेका तीन हजारभन्दा बढी नेपाली र भारतीय दर्शक–स्रोतासामू नेपथ्य प्रस्तुत भएको हो ।
सन् २००२ देखि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत नेपथ्यले विद्यार्थी र पठन–पाठन क्षेत्रमा आफूलाई केन्द्रित गर्दै आएको छ ।
कार्यक्रममा आफ्ना साथीहरु माझ रमाउदै गरेका ईलाम निवासी सुनिलले उत्साहित हँुदै भने धेरै बर्ष अगाडी स्कुले छात्र हुदाँ आफ्नो गाउँ फिक्कलमा नेपथ्यको कन्सर्ट हेरेको थिएँ आज बैंगलोरमा फेरी नेपथ्यलाई प्रत्यक्ष सुन्न पाइयो ।
कार्यक्रममा नेपथ्यले आफ्नो पछिल्लो गीत ‘हो रामा रामा… देब्रे गालामा डिम्पल बस्ने … ’ लगायत अन्य नयाँ पुराना गीतहरु पस्केको थियो । यो गीत गत महिना मात्र चितवनको नारायणगढमा आयोजित कन्सर्टमा पहिलोपटक सार्वजनिक भएको थियो ।
कन्सर्टको बीचमै नेपथ्यका गायक अमृत गुरुङले भने, “तपाइँहरु यति टाढा पढ्न आउनु भएको छ, तपाइँहरुको उद्देश्य पुरा होस् मेरो शुभकामना ।” उनले आफू बसेको समाजको रिति रिवाज र धर्मलाई समेत आदर गरेर मिलेर बस्न सुझाव दिएका थिए ।
कार्यक्रममा ‘रेशम’, ‘तालको पानी’, ‘भेँडाको ऊनजस्तो’, ‘उडायो रेलैले’, ‘जोमसोमे बजारमा’, ‘छेक्यो छेक्यो’, ‘यो जिन्दगानी’ र ‘लामपाते सुरती’ लगायतका गीतहरुमा दर्शकहरु मज्जाले रमाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
