थप समाचारसोमबार, चैत्र ९, २०७१

करेन्ट लागेर बालिकाको मृत्यु

हिमालखबर

गुल्मीको इश्मा रजस्थल गाविसमा ९ चैत दिउँसो करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बारीमा मल छर्ने क्रममा बिजुलीको पोलमा लागेको मल हटाउन खोज्दा इश्मा रजस्थल–८ का १२ वर्षीय सोनु विश्वकर्माको मृत्यु भएको हो ।

करेन्ट प्रवाह भइरहेको विद्युतको पोलमा विकले छोएपछि उनी भुइँमा लडेकी थिईन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गगनशिला खड्का

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...