Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आर्थिक वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण - Himalkhabar.com

अर्थ/बजारमंगलबार, चैत्र १०, २०७१

आर्थिक वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण

हिमालखबर

adb-logoएशियाली विकास ब्यांक (एडीबी) ले चालु आर्थिक बर्षमा नेपालमा ४.६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रतिकुल मनसुन र लम्बिँदो राजनीतिक अस्थिरताका कारण आर्थिक वृद्धि अपेक्षा अनुसार नहुने एडीबीले आँकलन गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेटमा आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य निर्धारण गरेपनि मध्यावधि समीक्षामार्फत घटाएर ५ प्रतिशतको लक्ष्य निर्धारण गरेको छ । तर, एडीबीले सरकारको संसोधित लक्ष्यसमेत पूरा नहुने प्रक्षेपण गरेको हो । गत बर्ष देशकाे अार्थिक बृद्धिदर ५.२ प्रतिशत थियाे ।

एशियन डेभलपमेन्ट आउटलुकः २०१५ सार्वजानिक गर्दै एडीबीले आर्थिक वर्ष २०७२/७३ मा भने आर्थिक वृद्धि ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

आगामी आर्थिक वर्षमासामान्य मनसुन, समयमा बजेट आएर प्रभावकारी कार्यान्वयन, रेमिट्यान्सको उच्च वृद्धि, राजनीतिक स्थिरता तथा लगानीकर्ताको उच्च मनोबलका कारण आर्थिक वृद्धि बढ्ने एडीबीको आँकलन छ ।

सरकारले सन् २०२२ भित्र नेपाललाई विकासोन्मुख देशको सूचिमा स्तरोन्नति गर्न औसतमा ७.५ प्रतिशतको आर्थिक वृद्धि अपेक्षित रहेको बताएपनि एडीबीले चालु र आगामी दुबै वर्ष सरकारी लक्ष्यका तुलनामा न्यून आर्थिक वृद्धि हुने आँकलन गरेको हो ।

एडीबीले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ७.७ प्रतिशतमा सीमित रहने आँकलन गरेको छ । एडीबीको नेपालस्थित मिसनका अर्थशास्त्री चन्दन सापकोटाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदाथृको घट्दो मूल्य, भारतको न्यून मूल्यवृद्धिजस्ता कारणले मूल्यवृद्धि राष्ट्र ब्यांकको लक्ष्यभन्दा पनि कम हुने बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मूल्यवृद्धि ८ प्रतिशत रहने अनुमान गरिएको थियो । एडीबीले आर्थिक वर्ष २०७२/७३ मा खाद्यान्न उत्पादनको वृद्धि, पेट्रोलियम पदार्थको स्थिर मूल्य आदि कारणले मूल्यवृद्धि ७.३ प्रतिशतमा ओर्लिने प्रक्षेपण गरेको छ ।

एडीबीले सरकारी पुँजीगत खर्च न्यून हुनुलाई मुख्य चुनौति भनेको छ । पुँजीगत खर्चको रकम र गुणस्तर बढाउनसके मात्रै दिगो र समावेशी आर्थिक वृद्धि हुने एडीबीले औंल्याएको छ ।

एडीबीले उदार अनुमतिपत्रको नीतिले ब्यांक तथा वित्तीय संस्थालाई अस्वस्थ प्रतिस्पर्धामा डोर्‍याएका कारण यिनीहरुको द्रुतकर र प्रभावकारी सबलीकरण, मर्जर अत्यावश्यक हुने बताएको छ ।

त्यस्तै, वित्तीय जोखिम घटाउन राष्ट्र ब्यांकको अनुगमन र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने तथा सहकारीलाई नियमनको दायरामा ल्याउनुपर्ने सुझाव दिएको छ ।

चीनलाई उछिन्दै भारत

एडीबीले सन् २०१५ र १६ दुबैमा एशियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

यो पछिल्लो ५ वर्षको औसत वृद्धि ७.१ भन्दा न्यून हो । एडीबीले सन् २०१५ मा चीनको आर्थिक वृद्धिलाई भारतले उछिन्ने अनुमान गरेको छ । यो वर्ष भारतको आर्थिक वृद्धि ७.८ प्रतिशत र चीनको ७.२ प्रतिशत रहने एडीबीको अनुमान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>