रमझममंगलबार, चैत्र १०, २०७१
दोधारा–चाँदनीमा बीपीका तस्वीर
महाकाली पारिको ठाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनीका मानिसहरु पूर्वप्रधानमन्त्री एवं समाजवादी चिन्तक बीपी कोइरालाका तस्वीरहरु अवलोकन गर्दा उत्साहित देखिए ।
देशव्यापी रुपमा गर्न लागिएको ‘बीपी कोइराला ऐतिहासिक फोटो प्रर्दशनी’ यात्राको पहिलो कार्यक्रम आयोजक ‘अन्तराल’ ले दोधारा–चाँदनीलाई छानेको थियो ।
यात्राकालागि खटिएको अन्तरालको टिम बीपीका तस्वीर र प्रर्दशनीका सम्पूर्ण सामग्री र आवश्यक उपकरण बोकेर भारतीय बाटो हुँदै कार्यक्रम स्थाल पुगेको थियो ।
नेपालकै बाटो भएर दोधाराचाँदनी पुग्न महाकाली नदीमा भएको झोलुङ्गे पुलमा गाडी गुड्न सक्दैन । त्यसैले चारपाङ्ग्रेमा यात्रा गर्नेले भारतीय बाटोको साहरा नलिई सुखै छैन ।
दोधारा र चाँदनी दुईवटा गाविस लाई मिलाएर केही महिनाअघि मात्रै सरकारले दोधाराचाँदनी नगरपालिका घोषणा गरेको हो ।
विकास र अवसरका सवै सम्भाबना पूर्वी नेपालमा केन्द्रित भइरहेको सुदूरपश्चिमवासीहरुको गुनासो रहँदै आएको छ । “सर्वसाधारणको गुनासोमा राज्यको ध्यान पूगोस भनेर हामीले दोधाराचाँदनीबाट यात्रा शुरु गरेका हौँ”–अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले भने ।
सांस्कृतिक संग्रहालय नेपालले संकलन गरेका बीपीका तस्वीरहरुलाई अन्तरालको व्यवस्थापनमा देशव्यापी प्रर्दशनी गर्न थालिएको हो ।
स्थानीय आयोजक संस्था सेडाका अध्यक्ष दिल बहादुर सिजालीले बीपीका तस्वीरहरुको सर्वसाधारणलाई अवलोकन गराउन सफल भएकोमा खुशी व्यक्त गरे ।
स्थानीय भानु बहुमुखी क्यामपस परिसरमा प्रदर्शनीको आयोजना गरिएको थियो । प्रर्दशनीअघि चाँदनी बजारबाट बाजागाजा सहितको ¥याली नगरपरिक्रमा गरेको थियो ।
“स्थानीय प्रशासन र स्थानीय आयोजक सेडाको सहयोगमा राती १२ बजे कार्यक्रम स्थल पुगियो” शाहले भने, “ठूलो जनसहभागिताले हामीमा उत्साह थपेको छ ।”
प्रर्दशनीमा बीपीका जीवनका विविध आयाम र घटनाक्रम झल्किने १०५ वटा तस्वीर राखिएका थिए ।