Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एमाओवादी नेतृत्वलाई समर्थन नगर्ने महासंघको निर्णय - Himalkhabar.com

थप समाचारमंगलबार, चैत्र १०, २०७१

एमाओवादी नेतृत्वलाई समर्थन नगर्ने महासंघको निर्णय

हिमालखबर

13082_463600840458331_6101937298122853144_nपोखरामा सम्पन्न आदिवासी जनजाति महासंघको विस्तारित बैठकले एमाओवादी नेतृत्वले आह्वान गरेको आन्दोलनलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

महासंघले कुनै राजनीतिक दलको आन्दोलनलाई समर्थन नगरी छुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव पेम्बा भोटेले बताए । उनले भने, ‘‘महासंघ सवै राजनीतिक दलमा आवद्ध जनजातिहरुको संगठन भएकाले दल विषेशलाई समर्थन नगर्ने निर्णय गरेका छौं ।’’

महासंघले विभिन्न राजनीतिक दलमा आवद्ध भएर पार्टीगत रुपमा लागेकाहरुलाई पनि महासंघको छाताभित्र हुने आन्दोलनमा आउन आग्रह गरेको छ ।

पद्यरत्न तुलाधरलाई संयोजक बनाएर एमाओवादी मोर्चाको आन्दोलनमा लागेको जनजाति समूहलाई महासंघले समर्थन नगर्ने निर्णय गरेको छ ।

आङकाजीको समूह बैठक विथोल्न पुगे

लुम्लेमा बसेको विस्तारित बैठक विथोल्न संघीय समाजवादीका नेता आङकाजी शेर्पाले पाँच दर्जन बढी मानिस खटाएको महासचिव पेम्बा भोटेले बताए ।

उनका अनुसार एमाओवादीले आह्वान गरेको आन्दोलनलाई समर्थन गर्नुपर्ने प्रस्ताव लिएर उनीहरु बैठकमा पुगेका थिए । ती मानिसहरु फर्किएपछि बैठक बसेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>