थप समाचारबुधबार, चैत्र ११, २०७१

सुनसरीको भोक्राहामा आगलागीमा ६ परिवारका घरगोठ नष्ट

हिमालखबर

सुनसरीको भोक्राहा गाविस–१ मा ११ चैत मध्यराति भीषण आगलागी भएको छ ।

इल्यास मन्सुरीको गोठमा बालेको घुरबाट सल्केको आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा ६ परिवारका जम्मा १८ घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा दुईवटा चौपायासमेत जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिए।

आगलागीमा इल्यास मन्सुरी, स्ताम मन्सुरी, अजात मन्सुरी, मुवारक मन्सुरी, अतावुल मन्सुरी, अस्थाक मन्सुरी प्रत्येकका दुई घर र एउटा ग्वाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा करिब रु ५० लाखबराबरको क्षति भएको छ । आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र इनरुवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रले तीन घन्टापछि नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...