समाचारबुधबार, कार्तिक १५, २०६९

‘कात्तिक मसान्तसम्म पूर्ण बजेट ल्याउने’

सञ्जीव शर्मा

१५ कात्तिकमा बसेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले पूर्ण बजेट ल्याउने विषयमा सहमति जुटाउन दाहाललाई जिम्मेवारी दिएको छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको मोर्चाको प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा पूर्ण बजेट नल्याए देश आर्थिक संकटमा फस्ने निस्कर्ष सहित कात्तिक मसान्तसम्म नै बजेट ल्याउने निर्णय गरेको प्रवक्ता सिंहले जानकारी दिए ।

पूर्ण बजेटका लागि दलहरुबीच सहमतिका लागि प्रयास गरिने तर, सहमति हुन नसकेको अवस्थामा पनि बजेट ल्याइने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।

राजनीतिक संकट समाधान प्रमुख एजेण्डा रहेको बैठकले त्यसबारेमा भने साझा धारणा बनाउन सकेन ।  सबै विकल्पलाई खुला राखेर छलफल गर्ने र १७ गते बैठक बसेर संविधानसभा चुनाव वा पुनःस्थापनाका विषयमा ठोस निर्णय गर्ने सिंहले बताए ।

बैठकमा नयाँ सरकार गठन र विवादित विषयलाई प्याकेजबाटै समाधान खोज्नुपर्नेमा सत्तापक्षीय नेताहरुले जोड दिएका थिए । मोर्चाको निर्णय अनुसार बजेटमा सहमति जुटाउन आजैबाट दाहालले छलफल थाल्ने पनि सिंहले जानकारी दिए ।

यसअघि राष्ट्रपति रामवरण यादवले दलहरुबीचको सहमति बिना सरकारले ल्याएका कुनै पनि अध्यादेश स्वीकृत नगर्ने स्पष्ट पारिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>