Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘यो आन्दोलन प्रोफेसर केसीको मात्रै रहेन, सबै नेपालीको भइसक्यो’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारबुधबार, चैत्र ११, २०७१

‘यो आन्दोलन प्रोफेसर केसीको मात्रै रहेन, सबै नेपालीको भइसक्यो’

हिमालखबर

suman_contributorसुमन आचार्य
एमबीबीएस चौथो वर्ष
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

म रुपन्देहीको रुद्रपुरस्थित सरकारी विद्यालयबाट एसएलसी गरेको निम्न मध्यमबर्गीय किसान परिवारको विद्यार्थी हुँ । मेरो परिवारले निजी कलेजमा ५० लाख रुपैयाँ बुझाएर एमबीबीएस पढाउन सक्दैन ।

मेडिकल शिक्षा लिने तिब्र आकांक्षा, सफल हुनै पर्छ भन्ने दृढता र त्यसअनुसारको मेहनतले मैले त्रिवि शिक्षण अस्पतालमा एमबीबीएस पढ्न पाएँ छात्रवृत्तिमा । कहिले त यो सबै संयोग जस्तो पनि लाग्छ ।
citamolसुविधा सम्पन्न शहरी विद्यालयमा पढेकाहरुसँग दुरदराजबाट आएका म जस्ताले प्रतिस्पर्धा गर्न सजिलो छैन । सरकारी विद्यालयमा पढेका, कमजोर आर्थिक अवस्थाका म जस्ता विद्यार्थी निकै कम छन् एमबीबीएस पढ्न अवसर पाउने ।

तर, पढाइपछि गाउँमै गएर, थोरै सुविधाकाबीच पनि सेवा गर्नेहरु चाहीं मजस्तै विद्यार्थी मात्रै छन्, केही अपवाद बाहेक । सुविधासम्पन्न जीवनशैलीमा हुर्किएका, एमबीबीएसका लागि ५० लाख र एमडी पढ्न १ करोड खर्चेकाहरुलाई गाउँमा गएर सेवा दिन साँच्चै गाह्रो हुन्छ ।

बरु दामको कमी नभएका र जेहेन्दार विद्यार्थीहरु सुविधासम्पन्न विश्वविद्यालयहरुमा अनुसन्धानको काममा खटिएलान् ।

छात्रवृत्तिमा पढेकाले मैले एमबीबीएसपछि दुई वर्ष गाउँ गएर काम गर्नुपर्छ । त्यसपछि हो पोष्टग्राजुएजशन गर्ने । म आफैंले पनि एमडी गर्न पाउँछु वा पाउँदिन भन्न सकिंदैन ।

studentमेडिकल पढ्न कति मेहनत गरें मजस्तैलाई मात्र थाहा हुन्छ । हो, मजति पनि सुविधा नपाएका तर, इच्छा र क्षमता दुवै भएका धेरै विद्यार्थी छन् । म जस्ता थुप्रै गरीब नेपालीका छोराछोरी जोसँग दक्षता र चाहना दुवै छ उनीहरुले मेडिकल शिक्षा पाउन सकुन भन्ने सुनिश्चितताका लागि हो– गोविन्द सरको आन्दोलन् ।

प्रोफेसर केसीको माग पोष्टग्राजुएसन र त्यसमाथिका सबै मेडिकल शिक्षा निशुल्क बनाइनु पर्छ भन्ने पनि हो । त्यसो भयो भने क्षमताका आधारमा मात्रै प्रतिस्पर्धा हुनेछ । निशुल्क शिक्षा दिन सकिन्छ भन्ने स्पष्ट रोडम्याप छ सरसँग । त्यसैले उहाँको आन्दोलन सबै नेपालीको आन्दोलन हो ।

म राजनीति र उद्योग उती बुझ्दिन । गोविन्द सरको मागको विरोध गर्नेले मलाई बुझाईदिउन् । यो पनि बुझाई दिउन्– चाहना र क्षमता दुवै भएका मजस्ता थुप्रै नेपालीका छोराछोरीले कसरी मेडिकल शिक्षा प्राप्त गर्ने ? स्वास्थ्य सेवाबाट वञ्चित नेपालीहरुसम्म त्यो सुविधा कसरी विस्तार गर्ने ?

पढ्न पाएर मात्रै पनि समस्याको समाधान हुँदैन । पर्याप्त सुविधा र पूर्वाधार भएका कलेजहरुमा दक्ष शिक्षकहरुबाट शिक्षा पाउने ग्यारेन्टी हुनु पर्‍यो । अधिकांश कलेजमा यस्तो छैन । दक्ष चिकित्सक उत्पादनका लागि गोविन्द सरले लिएको अडानमा किन साथ नदिने ?

प्रधानमन्त्री सुशील कोइराला, स्वास्थ्य मन्त्री, त्रिवि पदाधिकारी र राजेन्द्र पाण्डेजस्ता सभासद्हरु किन गोविन्द सरको कुरा मान्दैनन्, बुझ्न सकेको छैन ।

प्रधानमन्त्रीलाई थाहा नै हुनुपर्छ– धेरै नेपालीलाई क्यान्सर लागेको छ, तर सबैलाई उहाँलाई जस्तो अमेरिकामा उपचार गर्ने सुविधा छैन । एमाले अध्यक्ष केपी ओलीलाई थाहा छ, उहाँ जस्तै मृगौला प्रत्यारोपणका विरामी नेपालमा थुप्रै छन्, तर उनीहरुलाई उहाँलाई जस्तो विदेशमा उपचारको सुविधा छैन ।

त्यसैले, हामी एमबीबीएसका विद्यार्थी सबैले प्रोफेसर केसीको मागप्रति समर्थन जनाउँदै कक्षा बन्द गराएका छौं । उहाँ ‘तिमीहरुले कक्षा बन्द गर्ने भए म यहाँबाट उठेर जान्छु, खुरुक्क पढ्’ भन्नुहुन्छ । तर, यो आन्दोलन अब उहाँको मात्र रहेन, सबै नेपालीको भईसक्यो ।

आचार्यसँग गरेको कुराकानीमा आधारित

तस्वीरहरु सबै: सञ्जीव शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>