थप समाचारबुधबार, चैत्र ११, २०७१

डा. केसीको आन्दोलनप्रति थापा र सिटौलाको एेक्यवद्धता

हिमालखबर

gagan_thapaकांग्रेस नेताद्वय  गगन थापा र कृष्ण सिटौलाले ११ चैत अपराह्न अनशनरत डा. गोविन्द केसीलाई भेटेर उनको आन्दोलनप्रति एेक्यवद्धता प्रकट गरेका छन् ।

डा. केसीले पाँचौ पटक थालेको आमरण अनशनको चौथो दिनसम्म उनलाई भेट्ने राजनीतिज्ञमध्ये पहिलोपटक थापा र सिटौला पुगेका हुन्  । उनीहरुले  आन्दोलनप्रति आफ्नो ऐक्यवद्धता प्रकट गर्दै प्रधानमन्त्रीसँग समस्याको समाधानका लागि कुरा गर्ने बताएका थिए ।

नेपालको स्वास्थ्य शिक्षाको क्षेत्रमा भइरहेको वेथिति रोक्नका लागि सरकारले आफूसँग पटकपटक गरेका सम्झौता कार्यान्वयनको माग गर्दै केसी चार दिनदेखि अनशनरत छन् ।

केसीको आन्दोलनलाई समर्थन गर्दै त्रिवि शिक्षण अस्पतालका एमबीबीएस अध्ययनरत विद्यार्थीहरु पनि कक्षा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजै केहीबेर प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना समेत दिएका छन् ।

रेजिडेन्ट डाक्टरहरु समेतले आन्दोलनमा उत्रने तयारी गरेको भए पनि उनीहरुले आन्दोलन गर्दा अस्पतालको सेवा प्रभावित हुने भएकाले केसीले त्यसो गर्न दिएका छैनन् ।

चौथो दिनमा केसीको रक्त चापमा समस्या आएको, उनको छातीको दुखाई बढेको र पिसाबमा एसिटोन देखिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>