समाचारबुधबार, कार्तिक १५, २०६९
अफगानिस्तानमा दुई नेपाली गोर्खा सैनिकको हत्या
१४ कार्तिकमा हत्या भएका दुबै नेपाली गोर्खा सैनिक पहिलो बटालियनमा कार्यरत थिए । अफगानिस्तानको दक्षिणी हेलमन्द प्रान्तमा स्थानीय प्रहरीको पोशाक लगाएका व्यक्तिले मंगलबार उनीहरुको हत्या गरेको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
हत्या भएका सैनिकहरुको नाम सार्वजनिक नगरिए पनि उनीहरुका परिवारलाई भने जानकारी गराईसकेको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
बेलायती रक्षा मन्त्रालयले गोर्खाली सैनिकको हत्याप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।
