थप समाचारबिहीबार, चैत्र १२, २०७१

डा. केसीको अनशनबारे आयोगद्वारा सरकारको ध्यानाकर्षण

हिमालखबर

NHRC.jpegराष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीको आमरण अनशनबाट उत्पन्न असहज परिस्थितिलाई वार्ता र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा १२ फागुनमा जारी विज्ञप्तिामा आयोगका सदस्य सुदीप पाठकको टोलीले डा. केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको उल्लेख गरिएको छ ।

आयोगले डा. केसीको पिसाबमा संक्रमण देखिएको, रक्तचाप न्यून भएको तथा पिसाबमा किटोनको मात्रा बढेको र उनको स्वास्थ्यस्थिति बिग्रिदै गएको जनाएको छ ।

“उहाँको आमरण अनसनबाट उत्पन्न असहज परिस्थितिलाई वार्ता र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पु¥याउन आयोग नेपाल सरकार तथा सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदछ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>