अर्थ/बजारबिहीबार, चैत्र १२, २०७१
नेपाल बैंकको सिइओमा शाह
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्रप्रताप शाह नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले शाहलाई सिइओमा नियुक्त गरेको हो । यसअघि नेपाल बैंकको व्यवस्थापनको जिम्मेवारी नेपाल राष्ट्र बैंकले सम्हालेको थियो ।
देशकै पहिलो बैंकको वित्तीय सुधारमा सकारात्मक परिवर्तन आएकाले राष्ट्र बैंकले व्यवस्थापनबाट हट्ने निर्णय गरेपछि नयाँ नियुक्ति भएको हो ।
शाह कृषि विकास बैंकका पूर्व महाप्रबन्धक हुन्। रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
