थप समाचारबिहीबार, चैत्र १२, २०७१

एसिड अाक्रमणकाे अर्काे घटना सार्वजनिक

हिमालखबर

ललितपुरको मंगलबजारमा एक युवतीमाथि एसिड आक्रमण गर्ने २० बर्षीय अनुप रानालाई प्रहरीले पक्राउ गरेपछि एसिड आक्रमणको अर्काे घटना सार्वजनिक भएकाे छ ।

गत ८ माघमा मंगलबजारको कृष्ण मन्दिर बाहिर एसिड प्रहार गरेर फरार अभियुक्तलाई १० चैतमा प्रहरीले पक्राउ गरेकाे छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै रानाले २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गरेको प्रहरीले जनाएकाे छ ।

एसिड आक्रमणबाट ती युवतीको निधार र दायाँ गालामा असर परेको प्रहरीले जनाएकाे छ । पीडितकाे पाटन अस्पतालमा उपचार गरिएकाे थियो ।

राना विरुद्ध १२ फागुनमा ज्यान मार्ने उद्योगमा मुद्दा दार्ता गरिएकाे महानगरीय प्रहरी बृत्तले जनाएकाे छ ।

११ फागुनमा एसएलसी परीक्षाकाे तयारी गरिरहेकी छात्राहरुलाई एसिड अाक्रमण गर्नेलाई केही दिन अघि मात्रै पक्राउ गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>