समाचारबुधबार, कार्तिक १५, २०६९

प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ निलम्बित

हिमालखबर

मन्त्रिस्तरीय निर्णयअनुसार वरिष्ठ उपरीक्षक श्रेष्ठलाई तीन महिनाका लागि निलम्बन गरेर सोही व्यहोराको पत्र प्रहरी प्रधान कार्यालयमा पठाइएको गृहमन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिए ।

गते १९ असोजमा दुवई उडानमा रहेका यात्रु विनोदकुमार सोनीको साथबाट एक करोड २४ लाख विदेशी मुद्रा बरामद भएको थियो । सो मुद्राको तस्करीमा श्रेष्ठको समेत संलग्नता रहेको प्रहरी प्रधान कार्यालयद्वारा छानबिनका लागि गठित समितिले आशङ्का गरेको बुझिएको छ ।

उडानका लागि तयार अवस्थामा रहेको विमानभित्रबाट बरामद गरिएको विदेशी मुद्रा वरिष्ठ उपरीक्षक श्रेष्ठका चालक सोभियत कार्कीले विमानस्थल पार गराएका थिए । उक्त परिमाणको मुद्रा विमानस्थल पार गराउन श्रेष्ठले प्रयोग गर्ने सवारी साधनको समेत प्रयोग गरिएको थियो ।

चालक कार्कीले त्यसअघि समेत त्यस किसिमका बस्तु विमानस्थलबाट पार गराउने काम गरेको हुन सक्ने आशङ्का विमानस्थलमा खटिएका नेपाल प्रहरीका नायब महानिरीक्षक नारायणप्रसाद बास्ताकोटीले सञ्चारकर्मीमार्फत आफ्ना भनाइ तत्कालै सार्वजनिक गरिसकेका छन् ।

चालक कार्कीले विमानस्थलको संवेदनशील बाटोको प्रयोग गरी विदेशी मुद्रा पार गराएको त्यहाँ जडान गरिएको सिसी टिभीबाट पुष्टि भएको थियो । चालक कार्की हाल फरार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>