रमझमशनिबार, चैत्र १४, २०७१

म्याडम तुसादमा कटरीनाको प्रतिमा

हिमालखबर

katrinaअंग्रेजीमा भनाई छ, ‘इमिटेशन इज द बेस्ट फर्म अफ फ्ल्याटरी…’ अर्थात कसैको नक्कल उसको तारिफको सबैभन्दा उपयुक्त माध्यम हो ।
यो भनाई अनुसार हेर्ने हो भने बलिउड अभिनेत्री कटरिना कैफ निकै खुशी हुनुपर्छ । आखिर आजबाट लन्दनको प्रसिद्ध तुसाद म्यूजिममा उनको मैनको मूर्ति राखिएको छ ।
amitabhम्याडम तुसाद म्यूजियममा बलिउड सेलेब्रेटीहरुको मूर्ति राखिएको १५ वर्ष पूरा भएको अवसरमा कटरीनाको मूर्ति राखिएको हो ।
कटरीनाको मूर्ति बनाउनका लागि २० जना कलाकारले चार महिना मेहनत गरेका थिए ।
मैनमा ढालिएको कटरीनाको प्रतिमाको लागत करिब १ लाख ५० हजार पाउण्ड अर्थात २ करोड २३ लाख रुपैयाँ लागेको छ । मूर्तिमा कटरीनाको परीको जस्तो लुगा लगाएको डान्सिङ्ग पोज देखाइएको छ ।
aishwaryaलन्दनको म्याडम तुसाद म्यूजियममा सबैभन्दा पहिले सन् २००० मा बलिउड महानायक अमिताभ बच्चनको मूर्ति राखिएको थियो । अहिले तुसादमा शाहरुख खान, सलमान खान, ऋतिक रोशन, ऐश्वर्या राय र माधुरी दिक्षितका समेत प्रतिमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>