समाचारबिहीबार, कार्तिक १६, २०६९

न्यायाधीशका लागि सातसय बढी आवेदन

हिमालखबर

परिषद्का सचिव जीवनहरि अधिकारीका अनुसार  अन्तिम दिन १५ कार्तिकसम्म पुनरावेदन अदालतको मुख्य न्यायाधीश र  न्यायाधीशका लागि ५०० भन्दा बढी र जिल्ला अदालतका न्यायाधीशका लागि १८० जनाले आवेदन फारम भरेका छन् ।

दुवै तहका अदालतका लागि  परिषद्मा दर्ता भएका, हुलाकबाट आएका र इमेलबाट आएका आवेदन फारामलाई एकीकृत गरी दर्ता गर्ने काम भइरहेकोले आवेदकको सङ्ख्या यकिन हुन नसकेको उनले बताए ।

परिषद्ले गत असोज १९ गतेदेखि न्याय क्षेत्रमा निश्चित योग्यता पुगेका अनुभव प्राप्त व्यक्तिहरूलाई तोकिएको ढाँचामा आवेदन फारम बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

आवेदकहरूको सुविधाको लागि परिषद्ले दशैं विदाका समयमा पनि परिषद् खुल्ला राख्नुका साथै  हुलाक र इमेलमार्फत आएका आवेदन पनि दर्ता गर्ने गरेको थियो ।

हाल पुनरावेदन अदालतमा ३२ र जिल्ला अदालतमा ४२ न्यायाधीशको दरबन्दी रिक्त छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>