समाचारबिहीबार, कार्तिक १६, २०६९

सहमतिमा मात्रै बजेट ल्याउन राष्ट्रपतिको आग्रह

हिमालखबर

बजेटबारे छलफल गर्न १६ कार्तिक बिहान शीतल निवास पुगेका प्रधानमन्त्री भट्टराईलाई राष्ट्रपतिले दलहरुको सहमतिमै बजेट ल्याउन आग्रह गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले भने, “राष्ट्रपतिले चाँडै सहमति गर्नुस र सहमतिबाटै बजेट ल्याउनुस भन्नुभयो ।”

आफूले दलहरुबीच भएको छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको भन्दै निर्वाचनमा जाने वा अर्को विकल्प खोज्नेबारेमा छलफल भइरहेको प्रधानमन्त्रीले बताए । राष्ट्रपतिले सहमति बिना बजेट र राजनैतिक निकास ननिस्कने बताएको जानकारी दिंदै प्रधानमन्त्री भट्टराईले भने, “बजेट छिटै ल्याउनुपर्छ भन्नेमा राष्ट्रपति हुनुहुन्छ ।”

भेटका अवसरमा समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>