थप समाचारआइतबार, चैत्र १५, २०७१

सडक दुर्घटनामा दुईको मृत्यु

हिमालखबर

गएराति सदरमुकाम इनरुवा–दुहबी सडकखण्डअन्तर्गत गडन खोला नजिक भएको सडक दुर्घटनामा सुनसरी बविया–४ बस्ने ४० वर्षीय अर्जुन यादव र इनरुवा–७ बस्ने सत्यनारायण ठाकुरको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको अगाडिपट्टि को१त ५६१७ र पछाडिपट्टि को२प २५२७ नंको ट्र्याक्टरले पश्चिमबाट पूर्व दिशातर्फ आइरहेको को६प ४४५३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार यादव र ठाकुरको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी उरीक्षक सञ्जयराज शर्माले बताए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको तथा ठक्कर दिने ट्र्याक्टर सुनसरी प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>