Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप क्रिकेटः अष्ट्रेलिया पाँचौ पटक विश्वच्याम्पियन - Himalkhabar.com

खेलकुदआइतबार, चैत्र १५, २०७१

विश्वकप क्रिकेटः अष्ट्रेलिया पाँचौ पटक विश्वच्याम्पियन

हिमालखबर

cricket1विश्वकप क्रिकेट २०१५ को उपाधि अष्ट्रेलियाले जितेको छ । घरेलु मैदानमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

झण्डै एक लाख दर्शक उपस्थित मेलवर्न क्रिकेट मैदानमा अष्ट्रेलियाले घरेलु दर्शकलाई निराश पारेन । टस जितेर पहिले व्याटिङ रोजेको न्यूजिल्याण्डलाई सस्तैमा समेटेर पहिलो इनिङमै अष्ट्रेलियाले आफ्नो रवाफ प्रस्तुत गरिसकेको थियो । जारी प्रतियोगितामा अपराजित यात्रामा रहेको न्यूजिल्याण्डले दिएको १८४ रनको लक्ष्य अष्ट्रेलियाले तीन विकेट गुमाएर ३३.१ ओभरमै भेट्यायो ।

न्यूजिल्याण्डसँग समूह चरणमा पराजित भएको अष्ट्रेलियाले त्यसको बदला पनि लियो ।

न्यूजिल्याण्डलाई सस्तैमा समेट्न मिचेल स्टार्कले दुई, मिचले जोन्सनले तीन, जेम्स फल्कनरले तीन र गेल्न म्याक्स वेलले एक विकेट लिएका थिए ।

स्टार्कले पहिलो ओभरमै ब्रेन्डन म्याकुलमलाई शून्य रनमा आउट गरेसँगै न्यूजिल्याण्डको ब्याटिङ लाइन शुरुबाटै धर्मरायो ।  ग्रन्ट इलियट र रोस टेलर ले क्रमश  ८३ र ४० रनको पारी खेले पनि अष्ट्रेलियालाई चुनौतिपूर्ण लक्ष दिन सकेनन् ।

माइकल क्लार्कले ७४, स्टेभेन स्मिथले ५६ र डेविट वार्नरले ४५ रन बनाउँदै अष्ट्रेलियालाई विजयी बनाए । आरोन फिन्च कुनै रन नजोडि पेभिलियन फर्केका थिए भने सेन वाटसन २ रनका साथ नट आउट रहे ।

योसँगै विश्वकप क्रिकेटा ११ संस्करणमध्ये अष्ट्रेलियाले ५ पटक उपाधि जितेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>