थप समाचारआइतबार, चैत्र १५, २०७१

‘चाइना डेली’द्वारा छात्रवृत्ति प्रदान

हिमालखबर

china_dailyचीनसहित १४ देशबाट प्रकाशित हुने चिनियाँ दैनिक पत्रिका ‘चाइना डेली’को एसिया प्यासिफिक साप्ताहिकले काठमाडौं विश्वविद्यालयमा पत्रकारिता अध्ययनरत दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

१५ चैतमा ललितपुरको हात्तिवनमा आयोजित कार्यक्रममा ‘चाइना डेली’ का सह–प्रकाशक झ्याङ हाइझोउले काठमाडौं विश्वविद्यालयका छात्र उन्नत सापकोटा र छात्रा निशा कुवंरलाई रु.३ लाख २० हजार बराबरको छात्रवृत्ति प्रदान गरेका हुन् ।

यो छात्रवृत्ति पत्रिकाले दिएको दोस्रो र दक्षिण एशियामा दिइएकोे पहिलो छात्रवृत्ति हो ।

कार्यक्रममा चिनियाँ दूतावासका प्रथम सचिव झ्याङ बिङले चीन सरकारले नेपाली विद्यार्थीका लागि वार्षिक ३० प्रकारका छात्रवृति उपलब्ध गराउँदै आएको र यो थप प्रयास भएको बताए ।

यसखाले सहयोगबाट दुई देशबीचको सम्बन्धलाई सौहार्द र बलियो बनाउन थप मद्धत पुग्ने पनि उनले बताए ।

काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टस्का डीन डा. महेश बाँस्कोटाले यसखाले छात्रवृतिले विद्यार्थीमा थप हौसला मिल्ने बताएका थिए ।

नेपालमा ‘चाइना डेली’को साप्ताहिक संस्करण ‘नेपाली टाइम्स’ सँगको सहकार्यमा प्रकाशन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>