Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बिप्लक र दीपा बने च्याम्पियन - Himalkhabar.com

खेलकुदसोमबार, चैत्र १६, २०७१

बिप्लक र दीपा बने च्याम्पियन

हिमालखबर

बिप्लक र दीपा बने च्याम्पियन
ट्रयाकमा मोटरसाइकल तथा स्कुटर गुडाउने प्रतियोगिताको रुपमा चिनिएको रेसमाण्डुको तेस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नेसनल च्याम्पियनसिपमा बिप्लक श्रेष्ठले बाजी मारेका छन् । त्यसैगरी सन्तोष श्रेष्ठ र विवेश श्रेष्ठले दोस्रो र तेस्रो स्थान हासिल गरे । क्याटागोरी ए अन्तर्गत पनि बिप्लक श्रेष्ठले नै प्रथम स्थान हासिल गरे । त्यसैगरी सन्तोष श्रेष्ठले दोस्रो र विशाल राईले तेस्रो स्थान हासिल गरे । क्याटागोरी बिअन्तर्गत २ सय ५० सिसीसम्मको मोटरसाइकल रेसिङमा सेन विल्सन मोक्तानले पहिलो, प्रविण कार्कीले दोस्रो र नितेश खड्गीले तेस्रो स्थान हासिल गरे ।

वुमन च्याम्पियनसिप अन्तर्गत दीपा श्रेष्ठले पहिलो, रोजी गुरुङले दोस्रो र वर्षा बस्नेतले तेस्रो स्थान हासिल गरिन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न रेसमाण्डु थ्रीमा ५५ जना प्रतिस्पर्धि सहभागी थिए । नोभिस अन्तर्गत ए र बि क्याटागोरी, वुमन र नेसनल च्याम्पियनसिप गरी ४ प्रकारका प्रतिस्पर्धा आयोजना गरिएको थियो । नोभिसको ए क्याटागोरीमा १ सय देखि १ सय ९८ सिसी तथा बि क्याटागोरीमा १ सय ९९ देखि २ सय ५० सिसीसम्मका मोटरसाइकल सहभागी थिए । वुमन च्याम्पियनसिपमा १ सय ५० सिसीसम्मका स्कुटर सहभागी थिए । नेसनल च्याम्पियनसिपका लागि होन्डाले उपलब्ध गराएको १ सय ५० सिसीको सिबी ट्रिगर मोटरसाइकल प्रयोग गरिएको थियो ।

प्रतियोगितामा विशेष प्रकारले डिजाइन गरिएको ट्रयाकमा मोटरसाइकल तथा स्कुटरहरु हु“इकाइएका थिए । टेलिभिजन च्यानलहरुमा देखिने ट्रयाक रेसिङलाई प्रत्यक्ष रुपमा आफ्नै आ“खा अगाडि देख्न पाउदा दर्शकहरु निकै रमाएका देखिन्थे । राइडरहरुले आफ्नो विशेष कुशलताका साथ विभिन्न कम्पनीका दुई पांग्रे सवारी साधनलाई तिब्र गतिमा कुदाएका थिए ।

विशेष प्रकारले डिजाइन गरिएको ६ सय ५० मिटरको ट्रयाकमा शुरुमा प्रत्येक सहभागीलाई एकै पटक रेसिङमा संलग्न गराइएको थियो । यसका लागि अन्य अवस्थामा ३ ल्याप्स र फाइनलमा ४ ल्याप्समा खेल समापन गरिएको थियो । नोभिस र वुमन च्याम्पियनसिपमा नया“ तथा पुराना सबै खेलाडी सहभागी गराइएको थियो भने नेसनल च्याम्पियनसिपका लागि भने रेसमाण्डुको अघिल्लो संस्करणमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका तथा विदेशका ट्रयाकमा समेत रेसिङ अनुभव संगालिसकेका राइडरहरुलाई मात्र सहभागी गराइएको थियो । नेसनल च्याम्पियनसिपका लागि निहालमान जोशी, सेन विल्सन मोक्तान, नितेश खड्गी, प्रविण कार्की, राज श्रेष्ठ, विवेश श्रेष्ठ, सन्तोष श्रेष्ठ र बिप्लक श्रेष्ठ गरी ८ जना राइडर रेसिङमा सहभागी भएका थिए ।

पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा) ले आयोजना गरेको रेसमाण्डु थ्रीको मुख्य प्रायोजक होन्डा मोटरसाइकल रहेको थियो । त्यसैगरी अटो एभ प्रालि, बज्र अटोमोबाइल, हिट्को प्रालि र मिचेलिन टायर सह–प्रायोजक रहेका थिए ।

मोटर तथा मोटरसाइकल स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिज्म र रोड सेफ्टीको क्षेत्रमा सन् २००९ देखि क्रियाशील नासा सन् २०११ मा मोटरसाइक्लिङ क्षेत्रको अन्तर्राष्ट्रिय महासंघFederation International Del Motocyclism (FIM) को सदस्य बनेपछि यस्ता रेसिङ क्रियाकलापहरु आयोजना हु“दै आएका छन् । सन् २०१३ मा शुरुवात गरिएको रेसमाण्डु साहसिक नेपाली युवा राइडरहरुका लागि एउटा महोत्सव बन्दै गएको आयोजकले बताएको छ । मोटर स्पोर्ट्स क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापनमा सञ्चालन हुने उक्त इभेन्ट प्रत्येक वर्ष पर्वतीय खेलकुद महोत्सवको एउटा अंगका रुपमा लोकप्रिय छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>