थप समाचारसोमबार, चैत्र १६, २०७१
माइक्रो र कार जुध्दा एक जनाको मृत्यु
-विद्रोही गिरी, नवलपरासी
नवलपरासीमा माइक्रो र कार जुध्दा एक जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।
पाल्पाबाट काठमाण्डौं आउदै गरेको लु १ ज २५०८ नम्बरको उइङ्गर माइक्रो र भरतपुरबाट त्रिबेणी जाँदै गरेको ना २ च ३९६० नम्बरको कारसँग जुधेको थियो ।
दुर्घटनामा कारमा रहेका चितवन पर्साका ३८ बर्षीय प्रदीप लामाको मध्यबिन्दू अस्पताल डण्डामा उपचार हुँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक हरि वरुवालले बताए ।
दुर्घटनामा पाँच जना घाईते भएका छन् । घाईते हुनेहरु सबै कारका यात्रु हुन् ।
प्रहरीका अनुसार भरतपुरका युवराज बस्नेत, भण्डाराका सुर्य दरै, चालक पवन अधिकारी, लम्जुङ्गका प्रमोद लोहनी, नवलपरासी प्रगतिनगरका गोपाल गिरी घाईते भएका छन् ।
उनीहरुको मध्यविन्दू अस्पताल डण्डा र कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीमा उपचार भएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
