Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ग्याजेटमा आँखा - Himalkhabar.com

अर्थ/बजारबिहीबार, कार्तिक १६, २०६९

ग्याजेटमा आँखा

हिमालखबर

प्रभात भट्टराई

p73

काठमाडौं कोटेश्वरकी सुनिता केसीको दशैंको नियमित किनमेलको सूचीमा यसपालि मोबाइल (स्मार्ट फोन) सेट पनि थपिएको छ। ११ कक्षामा पढ्ने छोराले वाईफाई, म्युजिक सिष्टम, क्यामेरा लगायतका सुविधायुक्त मोबाइल फोनको माग गरेपछि सुनिता धेरै महङ्गो नपर्ने स्मार्ट फोनको खोजीमा लागेकी हुन्।

नयाँ लुगाफाटो किन्ने, घरमा रंगरोगन गर्ने चलन रहेको दशैंतिहार पछिल्लो समय नयाँ नयाँ विद्युतीय उपकरण खरीद गर्ने अवसर पनि बन्न थालेको छ। टीभी, फ्रिज, वासिङ मेसिन र अन्य विद्युतीय उपकरण तथा मोबाइल, आइप्याड आदि ग्याजेट खरीद गर्न दशैंतिहार जस्ता चाडपर्व पर्खने चलन शुरू भएको बिक्रेताहरूको पनि अनुभव छ। दशैंदेखि छठसम्मको एक महीनामा वर्षभरिकै जति बिक्री हुने गरेको उनीहरू बताउँछन्, जसका कारण पछिल्लो समय चाडपर्वको समयमा व्यापारीहरूले विद्युतीय उपकरणको बिक्रीलाई लक्षित गरेर विभिन्न योजना समेत ल्याउने गरेका छन्।
एलजीको अधिकृत बिक्रेता चौधरी समूहको सीजी इम्पेक्सका महाप्रबन्धक रमेश श्रेष्ठ भन्छन्, “दशैंको बेला एकातिर कामकाजीहरूको बोनसका साथै अतिरिक्त आम्दानी हुने र खेतीकिसानी तथा अन्य व्यवसाय गर्नेले पनि चाडपर्वमा पैसाको जोहो गर्ने गरेकाले विद्युतीय उपकरण र ग्याजेटहरू सामान्य मानिसहरूका समेत अनिवार्य आवश्यकताका वस्तु भइसकेका छन्।” ग्राहकको आवश्यकता बुझ्ेरै बिक्रेताहरूले ग्राहक लक्षित योजना ल्याउने गरेका हुन्। “ग्राहकको रुचि र आवश्यकता बुझेर माग सिर्जना गर्न सक्नुपर्छ”, कार्बन मोबाइलको अधिकृत बिक्रेता पशुपति ट्रेड लिङ्कका सेल्स म्यानेजर भुपाल क्षेत्री भन्छन्, “चाडबाडको मौकामा बिक्रेताले कुनै न कुनै योजना ल्याएकै हुन्छन्।”
p73a
तस्बीर: डम्बरकृष्ण श्रेष्ठ

पाहुना आउने, आफन्तहरूको भेटघाट हुने भएकाले समेत दशैंतिहार जस्ता चाडपर्वलाई नयाँ उपकरण खरीद गर्ने अवसरका रूपमा लिने गरिएको छ। आफन्तलाई देखाउने चाहनाले पनि ग्राहकहरू नयाँ सामानको खरीदमा लोभिएका श्रेष्ठ बताउँछन्। दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई ध्यानमा राखेर विद्युतीय उत्पादनका बिक्रेताले त्यसैअनुरुप बिक्री लक्ष्य बनाएका हुन्छन्। ग्रामीण भेगसम्म मोबाइल सेवा पुगिसकेकोले मोबाइल फोनको सेटका साथै एलसीडी टीभी, म्युजिक सिष्टम लगायतका उपकरण खरीद गर्नेहरू बढिरहेको उनीहरूको अनुभव छ।

सस्तोमा राम्रो खोजी
नेपाली उपभोक्तामा सस्तोमा सुविधासहितका उपकरण खोज्ने बानी बसेको छ। त्यसैले अहिले बजारमा मोबाइलदेखि क्यामरा, राइस कुकरदेखि रेफ्रिजेरेटर, म्युजिक सिष्टमदेखि एलसीडी टेलिभिजनसम्मका कम मूल्यका उत्पादनबीच प्रतिस्पर्धा छ। यसै वर्षदेखि भारतीय कम्पनी बजाजका घरायसी उपकरणको आधिकारिक बिक्री शुरू गरेको गोल्छा समूहकी निर्देशक सीमा गोल्छाको अनुभवमा ग्रामीण भेगसम्म ब्राण्डेड विद्युतीय उपकरणप्रतिको चासो बढेको छ। सिभिल मलको शो रूममा हिम इलेक्ट्रोनिक्स र बजाजका घरायसी उपकरण तथा टाइमेक्स घडीको स्टल राखिएको निर्देशक गोल्छा बताउँछिन्। सामसुङका विद्युतीय उपकरणको अधिकृत बिक्रेता समेत रहेको गोल्छा समूहको शो रूममा टीभी, फ्यान, फ्रिज, राइस कुकर लगायतका घरेलु उपकरण पनि छन्।

सामसुङ

चाडबाडमा हुने पारिवारिक जमघट र नयाँ ठाउँको घुमघामलाई जीवन्त राख्ने क्यामेराको पनि माग बढेको बिक्रेताहरूको अनुभव छ। क्याननको नेपालस्थित अधिकृत बिक्रेता प्राइमेक्स इन्टरनेशनलका मार्केटिङ म्यानेजर दिनेश अग्रवालका अनुसार स्मार्ट फोन सर्वसाधारणको पहुँचमा पुगेर पनि क्यामेराको बजारमा खासै असर परेको छैन। अग्रवाल भन्छन्, “चाडबाडको बेला यसको माग ह्वात्तै बढेको छ।” उनका अनुसार रु.५१ हजारदेखि रु.७ लाख ५० हजारसम्मका व्यावसायिक क्यामेरा बिक्री गर्ने क्याननका विभिन्न १७ मोडलमा रु.११ हजारदेखि ६७ हजार पर्ने घरायसी प्रयोगका कम्प्याक्ट क्यामेरा उपलब्ध छन्। रातको समयमा पनि प्रष्ट दृश्यसहित फोटो खिच्न मिल्ने ‘हाइ सेन्सेटिभ सेन्सर’ (एचएस) प्रणाली क्याननले मात्र विकास गरेको उनको दाबी छ।

पछिल्लो समय वाईफाई, जीपीएस लगायतका प्रविधियुक्त क्यामरा पनि भित्रिसकेका छन्। नेपाली बजारमा बिक्री हुने अर्को प्रमुख ब्राण्ड सोनीले विभिन्न २० मोडलका साइवर शट क्यामेरा बजारमा ल्याएको छ। सोनीको अधिकृत बिक्रेता नेपा हिमा ट्रेड लिङ्कले क्यामेराका अतिरिक्त एलसीडी, एलईडी र थ्रीजी टीभी तथा साउन्ड सिष्टम, होम थिएटर, डीभीडी बिक्री गर्दै आएको छ। ट्रेड लिंकका शो रूम मेनेजर रोमन अवालेका अनुसार सोनीको कुल बिक्रीको ६० प्रतिशत हिस्सा टीभीले ओगटेको छ। २२ देखि ५५ इञ्चका टीभीको रु.३५ हजारदेखि रु.५ लाख ५० हजारसम्म पर्दछ। अवाले रु.३०–३५ हजारमा पाइने एलसीडी टीभीमा अहिले मध्यमवर्ग लोभिएको बताउँछन्।
फिलिप्सका टीभी, साउन्ड सिष्टम लगायत घरायसी उपकरणको अधिकृत बिक्रेता ज्योति समूहको स्याकार कम्पनीले चाडबाडलाई लक्ष्य गरेर चार नयाँ मोडलका एलसीडी, एलईडी र थ्रीजी टेलिभिजन बजारमा ल्याएको छ। रु.४२ हजार ९०० पर्ने ३२ इन्चको एलसीडी टीभी दशैं योजना अन्तर्गत रु.३७ हजार ९०० मा बिक्री गर्ने कम्पनीको सेल्स एण्ड मार्केटिङ प्रमुख प्रबल श्रेष्ठले जानकारी दिए।
स्मार्टफोनमा युवा
p74b
पानासोनिक।

युवा वर्गको रुचिका कारण कम मूल्यका स्मार्ट फोनको माग पनि बढ्दो छ। ब्ल्याकबेरी, कलर्स र स्पाइस मोबाइलको अधिकृत बिक्रेता टेलिटक प्रालिका मार्केटिङ म्यानेजर गीता न्यौपानेका अनुसार कम खर्चमा सुविधायुक्त मोबाइल चलाउने युवापुस्ताको चाहना बढ्दो छ। उनी भन्छिन्, “आफैं नकमाउने र केही समयको कामबाट पर्याप्त कमाइ नहुने हुँदा उनीहरू कम मूल्यका फोनमा आकर्षित भएका हुन्।” न्यौपानेका अनुसार टेलिटकले ब्ल्याकबेरीका नौ, कलर्सका १५ र स्पाइसका आठ मोडल बिक्री गर्दै आएको छ। स्थापित कम्पनीको तुलनामा धेरै विशेषतायुक्त मोबाइलसमेत कम मूल्यमा दिएको उनको दाबी छ। हालै बजारमा ल्याइएका रु.७ हजार ५०० देखि रु.१० हजार ६०० सम्मका दुईवटा सिम लगाउन मिल्ने एक्स फ्याक्टर मिनी, एक्स फ्याक्टर, एक्स फ्याक्टर प्लसप्रति युवावर्ग आकर्षित भएको उनको अनुभव छ। यी सेटमा वाईफाई, थ्रीजी, जीपीआरएस, डब्लुएपी, एमएमएस चलाउन मिल्ने, मोसन सेन्सेटिभ हुने र प्रोसेसर छिटो हुने उनको दाबी छ।

p75
असोजको अन्तिम साता राजधानीमा
आयोजित लाइफ स्टाइल एक्स्पोमा
फिलिप्सको स्टल।
तस्बीर: विक्रम राई

कार्बन, ब्लु र जेडटीईका मोबाइलको अधिकृत बिक्रेता पशुपति ट्रेड लिंकका सेल्स म्यानेजर भुपाल क्षेत्रीका अनुसार कार्बनका २०, ब्लुका पाँच र जेडटीईका तीन मोडलका मोबाइलको मूल्य रु.१९६६ देखि रु.१९ हजार ३०५ सम्म पर्दछ। सस्तो, सजिलो र एकवर्षे वारेन्टीका कारण ग्रामीण भेगमा यस्तो मोबाइल रुचाइएको उनको भनाइ छ।

सामसुङ मोबाइलको अधिकृत बिक्रेता आईएमएस प्रालिले भने सस्तोदेखि निकै महङ्गोसम्मका मोबाइल बिक्री गर्दै आएको छ। ग्यालेक्सी कम्पनीका काठमाडौं लगायत मुख्य शहरी भेगमा रु.१३ हजारदेखि रु.६५ हजार पर्ने र ग्रामीण क्षेत्रमा रु.५००० देखि रु.९००० पर्ने मोडलहरू बिक्री भइरहेको मार्केटिङ म्यानेजर पुष्कल श्रेष्ठ बताउँछन्। उनका अनुसार कम्पनीले दशैंलाई लक्षित गरेर हालै मात्र एस डुअस र ग्यालेक्सी नोट टु मोडलका मोबाइल सेट बजारमा ल्याएको छ।
यतिमात्र होइन, चाडबाडलाई नै लक्ष्य गरेर अधिकांश बिक्रेताले स्क्र्याच कार्ड, लक्की ड्र कुपन र नगद छूटको योजना ल्याएका छन्। सामसुङ मोबाइल, कार्बन मोबाइल, एलजी लगायतले स्क्र्याच कार्ड र लक्की ड्र कुपन तथा फिलिप्सले १२ देखि २० प्रतिशत र क्याननले ४ देखि १३ प्रतिशतसम्म नगद छूट दिने जनाएका छन्। यसुदा ब्राण्डको नेपालस्थित अधिकृत बिक्रेता त्रिवेणी व्यापार कम्पनीले पेप्सीको सहकार्यमा ग्राहक योजना ल्याएको छ। ४२ इञ्चको एलसीडी/एलईडी टीभीको खरीदमा दुई लिटरको ६ बोतल पेप्सी, डिप फ्रिजरमा दुई लिटरको चार बोतल पेप्सी र २१ इन्चको सीआर टीभीमा दुई लिटरको एक बोतल पेप्सी उपहार दिने कम्पनीले जनाएको छ। दुई ढोका भएको फ्रिज र वासिङ मेसिन खरीद गर्नेलाई भने कम्पनीले दुई लिटरको पेप्सी क्रमशः तीन र चार बोतल उपहार दिनेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>