थप समाचारसोमबार, चैत्र १६, २०७१
‘सेभ जी केसी !’ (फोटो फिचर)

तस्वीर: देवकी बिष्ट
चिकित्सा क्षेत्रमा भइरहेको बेथितिविरुद्ध अनशनरत डा. केसीको समर्थनमा १६ चैतमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सयौं नागरिक भेला भएर सरकारलाई दबाब दिएका छन् ।
डा. केसीले आमरण अनशन शुरु गरेको आठौं दिनमा चिकित्सक, अधिकारकर्मी, विद्यार्थी र सर्वसाधारणसहितको ठूलो संख्याले प्रधानमन्त्री सुशील कोइरालालाई ‘सेभ डा. जी केसी’ (गोविन्द केसीलाई बचाऊ) भन्ने मोबाइल सन्देश पठाएका छन् ।

तस्वीर: देवकी बिष्ट
डा. केसीप्रति ऐक्यवद्धता प्रकट गर्न अस्पताल परिसरमा भेला भएकाहरुले आफ्नो अनुहार र शरीरका विभिन्न भागमा समेत ‘सेभ डा. जी केसी’ लेखेका थिए ।

तस्वीर: देवकी बिष्ट
भेला भएका समर्थकहरुलाई डा. केसीको रेकर्ड गरिएको सन्देश समेत सुनाइएको थियो ।

तस्वीर: देवकी बिष्ट
केसीका समर्थकहरुले राजनीतिक दलका नेताहरु डा. केसीलाई भेट्न आएर उनीप्रति ऐक्यवद्धता जनाए पनि सरकारलाई दबाब नदिएको गुनासो गरेका थिए ।

तस्वीर: देवकी बिष्ट
“डा. केसीका माग पूरा गराउन सरकारलाई दबाब नदिएर मिडिया सामू हामी उहाँलाई समर्थन गर्छौं भन्नु त लोकरिझ्याँइ मात्रै भयो,” एकजना मेडिकल स्टुडेन्टले भने ।

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट

तस्वीर: देवकी बिष्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
