Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेरो शरीर, मेरो सोच–मेरै निर्णयः दीपिका पादुकोण (भिडियोसहित) - Himalkhabar.com

रमझमसोमबार, चैत्र १६, २०७१

मेरो शरीर, मेरो सोच–मेरै निर्णयः दीपिका पादुकोण (भिडियोसहित)

हिमालखबर

deepika-padukoneबलिउड अभिनेत्री दीपिका पादुकोणले भर्खरै शुट गरेको एउटा भिडियोमा भनेकी छन, “मेरो शरीर, मेरो सोच–मेरै निर्णय ।”
नारी सशक्तिकरणमा आधारित यस भिडियोमा दीपिकाले आफू जोडिएका प्रत्येक विषयमा निर्णय गर्ने हक आफैंलाई भएको बताएकी छन्– त्यो निर्णय पहिरनको छनोट, विवाह र विवाहपूर्वको सम्बन्ध नै किन नहोस ।

उनी भन्छिन, “जसले सूती वा रेशमले मेरो आत्मालाई ढाक्न खोज्छन, उनीहरु आफूले ब्राह्माण्डको विस्तार रोक्न सक्ने वा सूर्यलाई आफ्नो मुठ्ठीमा कैद गर्न सक्ने ठान्छन् ।”

महिलाको निजी निर्णयमाथि बनेको भिडियोमा दीपिका भन्छिन, “म कुनै पुरुषसँग प्रेम गरुँ, कुनै महिलासँग वा दुवै सँग– यो मेरो आफ्नै निर्णय हुनपर्छ‍… मेरो निर्णय मेरो छाप हो, यसैले मलाई विशेष बनाउँछ ।”
भिडियोको अन्तमा उनले भनेकी छन्, “म ब्रह्माण्ड हुँ, म शाश्वत हुँ– र यो मेरो निर्णय हो ।”

२ मिनट ३४ सेकेन्डको यस भिडियोलाई होमी अदजानियाले निर्देशन गरेका हुन् ।

शाहरुख खानसँग पहिलो फिल्म खेलेकी दीपिका पादुकोण गत वर्ष आफ्नो बोल्ड र विन्दास छवीका कारण सोशल मिडियामा समेत चर्चित भएकी थिइन् ।

सेप्टेम्बर महिनामा एक भारतीय दैनिकमा छापिएको आफ्नो तस्वीरको प्रतिक्रियामा उनले भनेकी थिइन्, “हो म महिला हुँ, मसँग स्तन छन् र क्लिवेज पनि, तपाइँलाई कुनै समस्या छ ?”

बीबीसीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>