Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बांग्लादेश: फेरि अर्का ब्लगरको हत्या - Himalkhabar.com

थप समाचारसोमबार, चैत्र १६, २०७१

बांग्लादेश: फेरि अर्का ब्लगरको हत्या

हिमालखबर

raheman

ब्लगर वशिकुर रहमान

बांग्लादेशमा ब्लगर अविजीत रायको हत्या भएको एक महीनापछि अर्का ब्लगरको चक्कु प्रहार गरी हत्या भएको छ ।

स्थानीय प्रहरीका अनुसार २७ वर्षीय वशीकुर रहमानको १६ चैत विहान राजधानी ढाकाको बेगुनबारीस्थित आफ्नै घर नजिक हत्या भएको हो ।

प्रहरीले हत्या आरोपमा स्थानीय मदरसाका दुई छात्रलाई गिरफ्तार गरेको बंगलादेशको अनलाइन पत्रिका डेलीस्टारले उल्लेख गरेको छ ।

ढाका प्रहरीका अनुसार आक्रमणकारीहरुले रहमानले इस्लामविरोधी लेख लेखेकोले हत्या गरिएको बयान दिएका छन् । ट्राभल एजेन्सीमा कार्यरत रहमानले कस्तो ब्लग लेख्थे भन्ने चाहीं खुल्न नसकेको डेलिस्टारले जनाएको छ ।

एक महिनाअघि मात्रै ढाकामा भारतीय मूलका अमेरिकी लेखक अविजीत रायको हत्या भएको थियो ।

अविजीतको हत्यापछि विद्यार्थी र सामाजिक कार्यकर्ताहरुले ढाकामा विरोध प्रदर्शन गरेका थिए । अविजीत धार्मिक कट्टरपंथ विरुद्ध आवाज उठाउँथे ।
एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>