रमझमसोमबार, चैत्र १६, २०७१
मनिषाको ‘कमब्याक’
क्यान्सरबाट तंग्रिएकी मनिषा कोइराला तमिल र कन्नड भाषाको चलचित्र ‘गेम’ मार्फत ‘कमब्याक’ हुने भएकी छन् ।
निर्देशक एएमआर रमेशले यसको पुष्टि गरिसकेका छन् ।
मनिषासँगै ‘मुधलवान’ चलचित्रमा अभिनय गरेका अर्जुन सर्जाले नै निर्देशकलाई मनिषाको नाम सुझाएका थिए ।
पाठेघरको क्यान्सर निको भइसक्दा पनि उनको फिल्मी करिअर नियमित हुने, नहुनेबारे टुंगो लागेको थिएन ।
तर, ‘एकचोटिको कलाकार, सधैंको कलाकार’ भन्दै ट्वीट गर्दै उनी पुनः अभिनय संसारमा छिरेकी छन् । मनिषाले ट्वीटर मार्फत चलचित्रको ‘फस्र्ट लुक’ पनि सार्वजनिक गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>