थप समाचारसोमबार, चैत्र १६, २०७१

उपचारका नाममा बलात्कार प्रयास

हिमालखबर

निःसन्तान एक महिलालाई तान्त्रिक विधिद्वारा छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कारको प्रयास गर्ने कथित तान्त्रिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिषर भक्तपुरले दोलखा, श्यामा–७ घर भई भक्तपुर नगरपालिका–१७ सल्लाघारीमा बस्दै आएका आफूलाई तान्त्रिक भन्ने प्रेमबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सन्तान नभएकी ती महिलालाई छोरा जन्मने बनाइदिन्छु भन्दै ती ब्यक्तिले बलात्कारको प्रयास गरेका थिए ।

यसअघि पनि धेरै महिलाले उनैले दिएको औषधि खाएर छोरा भएको दाबी गरेपछि उनी आफन्तकै माध्यमबाट त्यहाँ पुगेको प्रहरीको भनाइ छ ।

यता सूर्यविनायक नगरपालिका–१४ चित्तपोलका ५० वर्षीय कथित तान्त्रिक श्याम खत्रीलाई पनि उपचारमा आएकी एक किशोरीलाई बलात्कार गरेको अभियोग लगाइएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक हर्कबहादुर रावतले जानकारी दिए ।

‘बलात्कार’ पछि खत्रीले घटनाबारे कसैलाई भनिदिए तान्त्रिक विधिबाटै मारिदिन्छु भनेर डर धम्कीसमेत दिएको प्रहरीको भनाइ छ ।

बलात्कार भएको एक सातापछि मात्रै पीडितले प्रहरीलाई उजुरी दिएपछि फरार तान्त्रिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>