समाचारबिहीबार, कार्तिक १६, २०६९

अयोग्यलाई रकम दिने निर्णयप्रति खनालको आपत्ति

हिमालखबर

खनालले १६ कार्तिकमा प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “हाम्रो पार्टी राज्यकोषबाट करीव ६० करोड रुपैयाँ बाँडेर अयोग्य लडाकुहरुलाई आफ्नो राजनीतिक स्वार्थका निम्ति दुरुपयोग गर्ने एमाओवादी नेतृत्वमा संचालित वर्तमान सरकारको भ्रष्ट एवं घृणित कार्यको घोर विरोध गर्दछ । उक्त निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछ ।”

“विस्तृत शान्ति सम्झौता, नेपाल सरकार र अनमिनबीच भएको सहमतिसमेतका आधारमा बाल सैन्य भर्ती गर्न नपाईने अन्तराष्ट्रिय अभिसन्धि विपरीत उमेर नपुगेका व्यक्तिहरुलाई लडाकुका रुपमा स्थापित गर्ने र लडाकु समेत नरहेकालाई लडाकुसरह मान्यता दिने सरकारी निर्णय मानवअधिकार विरोधी कदम, नीतिगत भ्रष्टाचार र राज्यकोष दुरुपयोग हो,” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>