Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बैंकबाट निकालेलगत्तै ४ लाख लुटियो - Himalkhabar.com

थप समाचारमंगलबार, चैत्र १७, २०७१

बैंकबाट निकालेलगत्तै ४ लाख लुटियो

रासस

नुवाकोटको बट्टारस्थित बसपार्कबाट एक वृद्धको रु ४ लाख लुटिएको छ ।

रसुवाको डाँडागाउँ–७ खड्कुका ६३ वर्षीय हर्कबहादुर तामाङको साथबाट १७ चैत दिउँसो रु ४ लाख लुटिएको हो । बट्टारमा रहेको नेपाल बङ्गलादेश बैंकबाट निकालेको रु ३ लाख र आफ्नो साथमा भएको रु १ लाख रकम लुटिएको पीडित तामाङले बताए ।

बैंकबाट पैसा लिएर निस्केपछि एक अपरिचित युवकले “यहाँ भीड छ, बस पाइँदैन, उता बसपार्कबाट बस चढौँ” भन्दै डेढ किलोमिटर पर बसपार्कसम्म हिँडाएर झोलामा रहेको रकम लुटेर भागेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बैंकको सिसीक्यामेराको फुटेज हेर्दा दिउँसो ११:४५ बजे बैंकबाट वृद्ध तामाङले रकम निकाल्दा कोही शङ्कास्पद युवकले पछ्याएको नपाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडितले बताएको हुलियाअनुसारको व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

त्रिशूली थ्री बी आयोजनाले जग्गा अधिग्रहण गरेबापत पाएको रकम उनले अर्को स्थानमा जग्गा खरिद गर्नका लागि बैंकमा लिन आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>