थप समाचारमंगलबार, चैत्र १७, २०७१

कांग्रेस नेताको घर कब्जा गर्ने माओवादी पक्राउ

हिमालखबर

नेपाली कांग्रेसका नेता पदमराज जोशीको डोटीस्थित घर कब्जामा संलग्न नेकपा माओवादीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले माओवादीका कार्यकर्ता डोटी गड्सेराका सुरेन्द्र देउवालाई १७ चैतमा पक्राउ गरेको सहायक प्रजिअ जनक शर्माले बताए ।
सुराकीका आधारमा पक्राउ परेका देउवालाई जिल्ला अदालतबाट म्याद थप गरेर मुद्दा चलाइने जिप्रका डोटीले जनाएको छ ।

गत फागुनमा माओवादीले डोटीको दक्षिण क्षेत्रमा पर्ने बिपीनगरस्थित जोशीको घरमा पार्टीको झन्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो ।
सो घरमा इलाका वन कार्यालय र केही शिक्षक भाडामा बस्दै आएका थिए भने जोशी र उनको परिवार काठमाडौँमा छन् ।

यसैबीच माओवादीको जिल्ला कमिटीले सचिवालय सदस्य देउवाको बिनासर्त रिहाइको माग गर्दै रिहाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>