Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सहमति गरेरमात्रै पूर्ण बजेट ल्याउनुहोसः अर्थविदहरु - Himalkhabar.com

समाचारबिहीबार, कार्तिक १६, २०६९

सहमति गरेरमात्रै पूर्ण बजेट ल्याउनुहोसः अर्थविदहरु

रमेश कुमार

१६ कार्तिकमा अर्थविदहरुसँग प्रधानमन्त्रीले गरेको छलफलमा उनीहरुले राजनीतिक सहमति बिना बजेट ल्याए पनि कार्यान्वयन हुन नसक्ने भन्दै राजनीतिक सहमतिमा जोड दिएका हुन् ।

“राजनीतिक मुद्दामा सहमति नभई पूर्ण बजेट आए पनि काम हुँदैन,” अर्थविद डा. गोविन्दबहादुर थापाले भने, “त्यसैले दलहरुको साझा सहमतिमै बजेट ल्याउनु पर्छ” ।

राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा भएको सो छलफलमा डा. पोषराज पाण्डेले बजेटलाई प्राविधिक विषय भनिंदै आएकोमा यो राजनीतिक विषय पनि भएको भन्दै पूर्ण बजेटका लागि राजनीतिक सहमति जरुरी भएकोमा जोडदिए ।

प्राध्यापक डा. विश्वम्भर प्याकु¥यालले भने शर्त सहितको बजेट ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिए । उनले भने, “अघिल्लो तीन महिने बजेटको खर्चका आधारमा काम भएका ठाउँहरुमा मात्रै बजेट विनियोजन गरिनु पर्छ ।” खर्च नभएका कार्यक्रमहरुमा बजेट नथप्न उनको आग्रह थियो ।

त्यसैगरी अर्का अर्थविद डा. मदन दाहालले सन् २०१२ लाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ठूलो आर्थिक संकटको वर्ष घोषणा गरेको अवस्थामा त्यसलाई सम्बोधन गर्ने हिंसावमा बजेट आउनु पर्नेतर्फ औंल्याएका थिए ।

जवाफमा प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्ण बजेट नल्याएमा मुलुक आर्थिक संकटमा फस्ने भन्दै केही दिनभित्रै राजनीतिक सहमति जुटाएर पूर्ण बजेट ल्याउने जानकारी गराए । छलफलमा प्रधानमन्त्री भट्टराईले आगामी १० वर्षसम्ममा नेपालीको प्रति व्यत्ति m वार्षिक आय ३ हजार डलर पु¥याउने लक्ष्य राखेको दाबी गरे ।

उक्त छलफलमा अर्थमन्त्री बर्षमान पुन पनि सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>